राष्ट्रिय
-
२०७६ मङ्सिर २, सोमबार
नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ, पूर्वप्रधानमन्त्री खनाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ । चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं...
-
२०७६ मङ्सिर १, आइतबार
नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर
नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष पदमा सुरजवीर बज्राचार्य चयन हुनुभएको छ । नेवाः पत्रकारहरुको साझा मञ्च दबूको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदीप श्रेष्ठ नयाँ केन्द्रीय कमिटीको उपाध्यक्ष छानिनुभएको छ । नयाँ केन्द्रीय कमिटीको महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, सहसचिव राजु नापित र प्रेरणा शाक्य,...
-
२०७६ मङ्सिर १, आइतबार
अन्नपूर्णमा माटो परीक्षण
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका...
-
२०७६ मङ्सिर १, आइतबार
सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव
झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो स्थानमा सताक्षीधाम मन्दिर छ । शिवसताक्षी नगरपालिका–११ मा रहेको यो मन्दिरको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थमासमेत वर्णित छ । स्थानीयवासीले त्यही आधारमा धार्मिक पर्यटनस्थलका रूपमा सताक्षीधामको विकास गर्न सकिने विश्वास...
-
२०७६ मङ्सिर १, आइतबार
‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी...
-
२०७६ मङ्सिर १, आइतबार
उडान आंशिकरुपमा बन्द हुने
कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । गत जेठमा एक हजार ८०० मिटरमध्ये ४२० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी...
-
२०७६ मङ्सिर १, आइतबार
उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह
मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको...
-
२०७६ मङ्सिर १, आइतबार
क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा
क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन्् । अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको...
-
२०७६ मङ्सिर १, आइतबार
डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु
जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो ।...
-
२०७६ मङ्सिर १, आइतबार
चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना लागू
जिल्लाका चार स्थानीय तहमा सुरक्षित आप्रवासन सामी परियोजना लागू भएको छ । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागू भएको हो । परियोजना सञ्चालनका लागि आज परामर्शदाता संस्थासँग सम्बन्धित पालिकाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली,...
-
२०७६ मङ्सिर १, आइतबार
दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न
मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । एडिबीको रु ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साढे पाँच मिटर चौडाइ कालोपत्र गरिएको आयोजना...
-
२०७६ मङ्सिर १, आइतबार
सहकारीको एक वर्षमै रु तीस करोडको वित्तीय कारोवार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले आब २०७५÷७६ मा रु ३० करोडको वित्तीय कारोवार गरेको छ । सहकारीले सोही अवधिमा रु चार करोड ३१ लाख ८१ हजार ८८१ आम्दानी गरेको छ । जुन आव २०७४÷७५ तुलनामा ३५ दशमलव ५६ प्रतिशतले बढी रहेको छ । सहकारीको १२औँ साधारणसभामा आयव्ययको प्रतिवेदन पेश गर्दै सहकारीका कोषाध्यक्ष प्रकाश खड्काले चालू आवमा रु ४२ लाख ५३ हजार ४०२ रकम खुद नाफा...


