राष्ट्रिय
-
२०७६ मङ्सिर १, आइतबार
दृष्टिविहीन विद्यार्थीका लागि आवास
दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो । राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी...
-
२०७६ मङ्सिर १, आइतबार
मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत...
-
२०७६ मङ्सिर १, आइतबार
चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए
यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने...
-
२०७६ मङ्सिर १, आइतबार
इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक
विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पु¥याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन् । यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र र यहाँस्थित गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या भने...
-
२०७६ मङ्सिर १, आइतबार
नक्सा सच्याउने मात्र हैन कालापानीबाट भारतीय सैनिक पनि हटाउछौ ः प्रधानमन्त्री
१ मंसिर, कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै...
-
२०७६ मङ्सिर १, आइतबार
कान्तिभैरव गुरुकुललाई आर्थिक सहयोग
वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताउनुभयो । गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन...
-
२०७६ मङ्सिर १, आइतबार
उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ ः केन्द्रीय सदस्य पौडेल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उहाँले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो...
-
२०७६ मङ्सिर १, आइतबार
काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ ९क० का प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई मातृशोक परेको छ । चाँगुनारायण नगरपालिका–४ निवासी उम्मेदवार भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो । उहाँलाई उच्च रक्तचाप भएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा...
-
२०७६ मङ्सिर १, आइतबार
मोबाइल पत्रकारिता तालीम सम्पन्न
सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ । प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको...
-
२०७६ मङ्सिर १, आइतबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व...
-
२०७६ मङ्सिर १, आइतबार
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार...
-
२०७६ मङ्सिर १, आइतबार
समाचार महोत्सवमा पत्रकारिताका चुनौती र भविष्यबारे छलफल
सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरु, सम्पादकहरु र पत्रकारहरुबीच फरकफरक विधामा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । मुख्यमन्त्री शङ्कर पोखरेलले आज अपराह्न...


