relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २, सोमबार

    उपनिर्वाचन २०७६ ः कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल

    बाँकेको कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् । नेपाली काँग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुबै पार्टी योजनाबद्ध तरिकाले...

  • २०७६ मङ्सिर २, सोमबार

    औद्योगिक क्षेत्रका लागि अझै जग्गाको टुङ्गो लागेन

    जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सङ्घीय सरकारको सहयोगमा सुर्खेतमा स्थापना हुने प्रादेशिक औद्योगिक क्षेत्रका लागि पुनः नयाँ स्थानका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न लागिएको हो । गत आर्थिक वर्ष २०७५÷७६ देखि निर्माण प्रक्रिया अघि बढ्नुपर्ने भए पनि जग्गाको टुङ्गो...

  • २०७६ मङ्सिर २, सोमबार

    सतीप्रथा उन्मूलनका प्रेरक बालागुरु षडानन्द

    नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभयो । भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीयवासी नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द...

  • २०७६ मङ्सिर २, सोमबार

    उत्पादन बढाउन समूहमा आलु लगाउँदै कृषक

    आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् । तालपोखरा कृषक समूहले यस वर्ष १० रोपनी क्षेत्रफलमा समूहमा आलु लगाएको छ । गत वर्ष परीक्षणका लागि तीन रोेपनी...

  • २०७६ मङ्सिर २, सोमबार

    राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी...

  • २०७६ मङ्सिर २, सोमबार

    कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

    जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताउनुभयो । कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन...

  • २०७६ मङ्सिर २, सोमबार

    नहर निर्माणको हट्यो अवरोध

    राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो । लामो समयदेखि विवादित हुँदै आएको उक्त क्षेत्रमा पूर्वनिर्धारित योजना मुताबिक नहर निर्माण गर्ने सहमति भएको हो । सांसद महेश्वर गहतराज अथक र प्रदेशसभा...

  • २०७६ मङ्सिर २, सोमबार

    धौलागिरि आधार शिविरमा सूचना केन्द्र

    म्याग्दीस्थित संसारको सातौँ ९८,१६७० मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको...

  • २०७६ मङ्सिर २, सोमबार

    सवारी सहज ः तालाबन्दी यथावत्

    कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी सङ्घले जनाएको छ । नेविसङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मङ्सिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिनुभयो । तर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत...

  • २०७६ मङ्सिर २, सोमबार

    सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

    जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो ।...

  • २०७६ मङ्सिर २, सोमबार

    ९८ वर्षीय मतदाताको आशीर्वाद – ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

    उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् । सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’ चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज...

  • २०७६ मङ्सिर २, सोमबार

    कर सप्ताह

    ‘आठौँ स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ यहाँ कर दिवस सप्ताह शुरु भएको छ । कर सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले खर्चका अनुसार कर बुझाउनुपर्छ तथा कर तिर्नेहरुका लागि राज्यले करमैत्री वातावरण बनाउनुपर्छ भन्नुभयो । त्यस्तै, प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र...

Pages