राष्ट्रिय
-
२०७६ कार्तिक १९, मंगलबार
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ ः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंंंं। ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान...
-
२०७६ कार्तिक १९, मंगलबार
विकटमा टिकटको सास्ती
हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो...
-
२०७६ कार्तिक १९, मंगलबार
प्रदुषणको असर मानसिक रोग देखि मुटुरोग सम्म, मर्निङ वाक नजान विज्ञको सुझाव
काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग...
-
२०७६ कार्तिक १९, मंगलबार
शिक्षकदेखि प्रदेश प्रमुखसम्म प्यासी
कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी ९प्यासी० प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुग्नुभएको हो । विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दाखेरी बालसङ्गठनको सभापति चुनिनुभएका प्यासी त्यसयताको झण्डै छ दशकको सङ्घर्षपछि प्रदेश प्रमुखमा नियुक्त...
-
२०७६ कार्तिक १९, मंगलबार
बालश्रम रोकथाम चुनौतिपूर्ण
बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो समय बालश्रमिकहरु दैनिक रुपमा बढ्दै गइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्थाहरु भएपनि उनीहरुको उचित विकल्पसहित व्यवस्थापन...
-
२०७६ कार्तिक १९, मंगलबार
कालीगण्डकी करिडोरको फलेवास–अर्मादीखण्ड अलपत्र
जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको...
-
२०७६ कार्तिक १९, मंगलबार
राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० आँै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ । सो अवसरमा आयोगका...
-
२०७६ कार्तिक १८, सोमबार
घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गर्नुभयो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह...
-
२०७६ कार्तिक १८, सोमबार
निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको...
-
२०७६ कार्तिक १८, सोमबार
धावनमार्ग कालोपत्र गर्न रु चार करोड विनियोजन
बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग ९रनवे० कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा रु चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महीना उडान गरेपनि आवश्यक...
-
२०७६ कार्तिक १८, सोमबार
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो । वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र...
-
२०७६ कार्तिक १८, सोमबार
‘प्याङ्ग्री’ झारले रैथाने वनस्पति सङ्कटमा
स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिँदो अवस्थाका कारण रैथाने वनस्पति सङ्कटमा परेका छन् । प्याङ्ग्री झारले खाली रहेका अधिकाँश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ । भुईँ, पर्खाल र रुख जताततै लहरिन सक्ने विशेषता भएको यो...


