राष्ट्रिय
-
२०७६ कार्तिक १७, आइतबार
अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग
जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करीब रु आठ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई...
-
२०७६ कार्तिक १७, आइतबार
वृद्धवृद्धाको सरकारसँग गुनासो
सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोख्नुभयो । “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा...
-
२०७६ कार्तिक १७, आइतबार
आगामी माघ महिनासम्म रानीपोखरीमा पानी
लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ । पोखरी पुनरनिर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी...
-
२०७६ कार्तिक १७, आइतबार
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ...
-
२०७६ कार्तिक १७, आइतबार
नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु
नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयू को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठक दुई दिनसम्म...
-
२०७६ कार्तिक १७, आइतबार
क्रिकेटः न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित
न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि गत शुक्रबार भएको पहिलो टी२० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।...
-
२०७६ कार्तिक १७, आइतबार
अपडेट स् सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनभयो । उहाँका अनुसार केही शवहरु खोलाले बगाएको छ ।...
-
२०७६ कार्तिक १७, आइतबार
कर्मचारीले तलब नपाउँदा खानेपानी बन्द
कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दशैँ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन् । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई...
-
२०७६ कार्तिक १५, शुक्रबार
चार जिल्लाका तीस हजार करदाता करको दायरामा
आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् । व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद...
-
२०७६ कार्तिक १५, शुक्रबार
नेपाल–युएई संयुक्त कार्यसमूह बैठक ः समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने
नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयु को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने...
-
२०७६ कार्तिक १५, शुक्रबार
मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै
मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना ९छोरीचेली, दिदीबहिनी० ले आज सामा खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ...
-
२०७६ कार्तिक १५, शुक्रबार
उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने
आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो । निर्वाचन हुने तीन वडामा पाँच वटा...


