relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक १५, शुक्रबार

    म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

    म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको...

  • २०७६ कार्तिक १५, शुक्रबार

    छठपर्वका लागि नदी किनार सिङ्गारिँदै

    झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् । विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो...

  • २०७६ कार्तिक १५, शुक्रबार

    छठ पर्वको रौनक

    प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ । पहिलो दिन व्रतालुहरुले नहायखाय...

  • २०७६ कार्तिक १५, शुक्रबार

    उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा...

  • २०७६ कार्तिक १५, शुक्रबार

    सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

    नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् । एक देशमा अपराध गरी अर्को...

  • २०७६ कार्तिक १५, शुक्रबार

    कुमालको पुख्र्यौली पेशा सङ्कटमा

    बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका –८ मा बस्ने कुमाल जातिको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको छ । बर्दियाको गुलरियामा हाटबजारहरुमा माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिंगारदान, चुलोसमेत बनाई आम्दानी गर्दै आएका कुमालहरुको पेशा अहिले रेडिमेड झिलीमिली बत्ती, बल्ब, भाँडाकुँडाका कारण सङ्कटमा पर्नुकोे साथै परिवार पाल्न समस्या भएको गुलरिया नगरपालिका वडा नं ८ बस्ने विशाल कुमालले बताउनुभयो ।...

  • २०७६ कार्तिक १५, शुक्रबार

    बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

    म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना...

  • २०७६ कार्तिक १५, शुक्रबार

    प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कप्तान मल्ललाई शुभकामनासहित उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।

  • २०७६ कार्तिक १५, शुक्रबार

    चिकित्सक नहुँदा प्रसूति सेवा बन्द

    सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् । सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको...

  • २०७६ कार्तिक १५, शुक्रबार

    चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

    चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने...

  • २०७६ कार्तिक १५, शुक्रबार

    चार जिल्लाका तीस हजार करदाता करको दायरामा

    आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् । व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद...

  • २०७६ कार्तिक १५, शुक्रबार

    नेपाल–युएई संयुक्त कार्यसमूह बैठक ः समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने

    नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयु को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने...

Pages