राष्ट्रिय
-
२०७६ कार्तिक ८, शुक्रबार
मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका...
-
२०७६ कार्तिक ७, बिहिबार
बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली
धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो । मराङमा बुधबारदेखि र कोटगाउँमा दशैँअघि बिजुली बलेको हो । मराङको बेँसी,...
-
२०७६ कार्तिक ७, बिहिबार
समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन
बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । “समृद्ध खजुराको...
-
२०७६ कार्तिक ७, बिहिबार
महतो फ्युल सेन्टरमा शिलबन्दी
सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला...
-
२०७६ कार्तिक ७, बिहिबार
मौरी चराउन नदिएको भन्दै विरोध
चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए । उनीहरुले लगेको मौरी स्थानीय १५० गोला मौरी देखाउँदै वडाध्यक्ष र स्थानीय प्रशासनले...
-
२०७६ कार्तिक ७, बिहिबार
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण
तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिनुभयो । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् । परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ सस्र्युंखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’...
-
२०७६ कार्तिक ७, बिहिबार
प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का...
-
२०७६ कार्तिक ७, बिहिबार
२० बुँदे काठमाडौँ घोषणपत्र पारित
‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचांै विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो । बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता,...
-
२०७६ कार्तिक ७, बिहिबार
लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले
लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो । गत साउन, भदौ र असोज महीनामा छ हजार...
-
२०७६ कार्तिक ७, बिहिबार
नेपाल र चीनबीच अनुभव आदानप्रदान
सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका...
-
२०७६ कार्तिक ७, बिहिबार
चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैङ्गिक समानता, विधिको शासन...
-
२०७६ कार्तिक ७, बिहिबार
किजापूजामा सार्वजनिक बिदा
सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।


