relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक ७, बिहिबार

    २० बुँदे काठमाडौँ घोषणपत्र पारित

    ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचांै विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो । बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता,...

  • २०७६ कार्तिक ७, बिहिबार

    लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले

    लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो । गत साउन, भदौ र असोज महीनामा छ हजार...

  • २०७६ कार्तिक ७, बिहिबार

    नेपाल र चीनबीच अनुभव आदानप्रदान

    सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका...

  • २०७६ कार्तिक ७, बिहिबार

    चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

    संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैङ्गिक समानता, विधिको शासन...

  • २०७६ कार्तिक ७, बिहिबार

    किजापूजामा सार्वजनिक बिदा

    सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।

  • २०७६ कार्तिक ६, बुधबार

    मेलमिलापकर्तालाई तालीम

    वालिङ नगरपालिकाले ८४ जना मेलमिलापकर्तालाई आधारभूत सामुदायिक मेलमिलाप तालीम दिएको छ । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन सहयोग र एशिया फाउण्डेशनको आर्थिक सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालीम दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त गर्न सक्ने गरी...

  • २०७६ कार्तिक ६, बुधबार

    राजविराजको शहीद द्वार निर्माण अलपत्र

    रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । राजविराज नगरपालिकाबाट कूल रु ८१ लाखको...

  • २०७६ कार्तिक ६, बुधबार

    तेस्रो किस्ता लिने क्रममा वृद्धि

    विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् । यसैबीच जिल्ला पुनःनिर्माण...

  • २०७६ कार्तिक ६, बुधबार

    एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

    बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ जारी गरेको सूचनामा ती तहका...

  • २०७६ कार्तिक ६, बुधबार

    सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

    नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ...

  • २०७६ कार्तिक ६, बुधबार

    आर्जनबाट आत्मनिर्भर बन्दै महिला

    महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने हुनुभएको हो । पछिल्लो आफ्नो जिन्दगीप्रति घताने दङ्ग देखिनुहुन्छ । “के फरक छ र रु मान्छे म...

  • २०७६ कार्तिक ६, बुधबार

    आयोडिन नुन प्रयोगमा वृद्धि

    सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो । सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको...

Pages