राष्ट्रिय
-
२०७६ कार्तिक १४, बिहिबार
मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम
पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटाँैडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताउनुभयो...
-
२०७६ कार्तिक १४, बिहिबार
सम्झौता अवधि सकिँदासम्म पनि पुल निर्माणको काम शुरु भएन
सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन । पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम शुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ । लामो समय बितिसक्दा पनि सानीभेरी नदीमाथि बन्नुपर्ने पुल बन्न नसक्दा सिस्ने गाउँपालिकाका २, ३ र ४ वडाका सडक...
-
२०७६ कार्तिक १४, बिहिबार
धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’
झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा...
-
२०७६ कार्तिक १४, बिहिबार
शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खुलेपछि स्थानीयवासी हर्षित
करीब रु पाँच करोडको लागतमा शालिग्राम करिडोरअन्तर्गत तनहुँको देवघाट गाउँपालिकाको खण्डमा ट्र्याक खुलेको छ । तीन तहको सरकारको बजेटमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । ट्र्याक खन्न शुरु गरेको ६० वर्षमा शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ । करिडोरको देवघाट गाउँपालिकाअन्तर्गत बन्चरेभिरको पहाड काट्न...
-
२०७६ कार्तिक १४, बिहिबार
देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग
देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताउनुभयो । देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो ।...
-
२०७६ कार्तिक ११, सोमबार
मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै
मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ । गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ ९मुसल विशेष० द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा...
-
२०७६ कार्तिक १०, आइतबार
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ...
-
२०७६ कार्तिक १०, आइतबार
तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिनुभयो । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी...
-
२०७६ कार्तिक १०, आइतबार
बालगोपालेश्वर दर्शनको व्यवस्था
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् । यस वर्ष यही १२ गते भाइटीका परेको छ । यसै दिन बिहान...
-
२०७६ कार्तिक १०, आइतबार
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय...
-
२०७६ कार्तिक १०, आइतबार
देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन्ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।
-
२०७६ कार्तिक १०, आइतबार
मनाइयो कुकुर तिहार
यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत...


