राष्ट्रिय
-
२०७६ आश्विन ३०, बिहिबार
पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी
अघिल्लो आर्थिक वर्षको सेतक चिनी खिरौलो बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ । अहिले...
-
२०७६ आश्विन ३०, बिहिबार
सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मानित
रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थामा आवद्ध रहेका ७५ वर्षमाथिका ज्येष्ठ नागरिलाई संस्थाको १२ आँै वार्षिक साधारणसभाको अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले बुधबार उहाँहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा माधवप्रसाद उपाध्याय, लीलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना,...
-
२०७६ आश्विन ३०, बिहिबार
नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी
म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई...
-
२०७६ आश्विन २९, बुधबार
दुई विद्यालयमा तलब रोक्का
चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको हो । गएको साउन ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको...
-
२०७६ आश्विन २९, बुधबार
छुसाङमा मोटर चल्ने पुल निर्माण
कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो । पुल...
-
२०७६ आश्विन २९, बुधबार
राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुनेछ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत हुनुहुन्छ । उहाँलाई...
-
२०७६ आश्विन २९, बुधबार
दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिनुभयो । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर...
-
२०७६ आश्विन २९, बुधबार
दुई दशकदेखि थुनिएरै कोठामा
यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् । उहाँको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ । राजुलाई झण्डै १४ वर्षको...
-
२०७६ आश्विन २९, बुधबार
गाईखुरा महादेव मन्दिरमा भक्तजन वृृद्धि
दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गाईखुरा...
-
२०७६ आश्विन २९, बुधबार
शव नेपाल ल्याउन समस्या
रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ । साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् ।...
-
२०७६ आश्विन २८, मंगलबार
शीतभण्डार निर्माण
चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका–४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा उक्त कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएकोे उक्त लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले...
-
२०७६ आश्विन २८, मंगलबार
भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए
नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा...


