राष्ट्रिय
-
२०७६ कार्तिक १, शुक्रबार
पत्रकार बोहोरालाई उपचार खर्चको अभाव
आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उहाँको...
-
२०७६ कार्तिक १, शुक्रबार
अस्पताल गएर प्रसूति गराउने बढ्दै
दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ । अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले...
-
२०७६ कार्तिक १, शुक्रबार
तातोपानीमा स्नान गर्नेको घुइँचो
अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक ५०० भन्दा...
-
२०७६ कार्तिक १, शुक्रबार
मजारमा शौचालय अभाव
हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ...
-
२०७६ कार्तिक १, शुक्रबार
गोदावरीमा करियापुत्री भवन
गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो । साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक÷एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । कोटारमा रु आठ लाखमा भवन निर्माण...
-
२०७६ आश्विन ३०, बिहिबार
पोखरी निर्माण
म्याग्दे गाउँपालिका–१ स्थित पाँचधारेमा पोखरी निर्माण गरिएको छ । प्रादेशिक उद्योग, वन तथा वातावरण मन्त्रालयको सहयोग र स्थानीयवासीको श्रमदानबाट उक्त स्थानमा रहेको पाँच वटा धाराबाट खेर गइरहेको पानीलाई सदुपयोग गरेर पोखरी निर्माण गरिएको हो । उक्त मन्त्रालयले रु। दुई लाख उपलब्ध गराउनाका साथै र रु एक लाख पैंतीस हजार बराबरको स्थानीय जनश्रमदान गरी कुल रु तीन लाख पैंतीस हजारको लागतमा सो पोखरी निर्माण...
-
२०७६ आश्विन ३०, बिहिबार
गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन
गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो । शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । “बुधबार राति ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान हुने भनिएको थियो”, उहाँले भन्नुभयो, “तर विद्युतीय मेसिनमा दुवै पक्षको सहमती नजुटेपछि पुनः मतपत्र छापी...
-
२०७६ आश्विन ३०, बिहिबार
त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप
विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र...
-
२०७६ आश्विन ३०, बिहिबार
दलित युवाद्वारा न्यायका लागि अपिल
रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ । पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको जानकारी दिनुभयो । दोषीमाथि कडा कारवाहीको माग गर्दै...
-
२०७६ आश्विन ३०, बिहिबार
बागलुङमा चिया खेतीको लहर
चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ । हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न थालिएको छ । पछिल्लो समय बागलुङ व्यावसायिक चिया खेती हुने जिल्लाको पङ्क्तिमा देखापर्न थालेको छ । तीन वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । चिया...
-
२०७६ आश्विन ३०, बिहिबार
छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव ः मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक...
-
२०७६ आश्विन ३०, बिहिबार
नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट...


