राष्ट्रिय
-
२०७६ आश्विन २७, सोमबार
गृहमन्त्रीबाट सुरक्षाकर्मीहरुलाई धन्यवाद
गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो ।...
-
२०७६ आश्विन २७, सोमबार
गौरादह बजारको उद्घाटन
झापाको गौरादह बजारमा करीब रु एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका साथै गौरी गाईको प्रतिमा समेत अनावरण गर्नुभयो । करीब १३ कट्ठा...
-
२०७६ आश्विन २७, सोमबार
फूलमा आत्मनिर्भर बन्दै यस वर्ष आयातित फूलमा कमी
विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात...
-
२०७६ आश्विन २७, सोमबार
जनशक्ति नहँुदा शव परीक्षण गृह प्रयोगविहीन
जनशक्ति नहँुदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार निर्माणअन्तर्गतको रु पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले...
-
२०७६ आश्विन २७, सोमबार
केरुङ–काठमाडौँ रेलमार्ग ः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास...
-
२०७६ आश्विन २७, सोमबार
म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते...
-
२०७६ आश्विन २७, सोमबार
सुँगुरको मासु खाएका थप एक कैदी बिरामीको मृत्यु,
सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज...
-
२०७६ आश्विन २७, सोमबार
शोकमा राजविराज नगरपालिका बन्द
राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव ९शिवु०को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ । वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका...
-
२०७६ आश्विन २७, सोमबार
सुनसान बन्दै हुलाक कार्यालय
कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग...
-
२०७६ आश्विन २७, सोमबार
पोखरी पुनःनिर्माण
कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका...
-
२०७६ आश्विन २६, आइतबार
यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई
दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२...
-
२०७६ आश्विन २६, आइतबार
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने...


