relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन ९, बिहिबार

    चामल उद्योगलाई रु ५० हजार जरिवाना

    मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख...

  • २०७६ आश्विन ९, बिहिबार

    आवधिक योजनामा घरको सङ्ख्या पनि

    आवधिक योजना निर्माणलाई सहयोग पु¥याउने उद्देश्यले पाँचथरको याङ्वरक गाउँपालिकाले घरधुरीको तथ्याङ्क लिनका लागि स्टिकर टाँस्न शुरुआत गरेको छ । वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरको मोबाइल एप्समार्फत सङ्ख्या लिन थालिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरले बताउनुभयो । अहिले पहिलो चरणमा वडा नं २,४ र ६ मा घरको सङ्ख्या गणना गर्न थालिएको र बाँकी वडामा क्रमशः गणना गदै जाने उपाध्यक्ष कमलकुमारी...

  • २०७६ आश्विन ९, बिहिबार

    कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

    चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ । पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी,...

  • २०७६ आश्विन ९, बिहिबार

    विश्व बैंकको सहयोगः पूर्वाधार र क्षमता विकासलाई ५६ करोड

    बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिनुभयो । आयोजनासँग सम्झौता भएर कार्यक्रम कार्यान्वयनमा आउँदा बागलुङ नगरपालिकाले ५६ करोड...

  • २०७६ आश्विन ९, बिहिबार

    भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ ः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो । भूपरिवेष्टित देशका लागि महासचिव...

  • २०७६ आश्विन ९, बिहिबार

    बेचिएको स्थानबाट २५ दिनपछि घर फिर्ता

    महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत...

  • २०७६ आश्विन ९, बिहिबार

    नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो । राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको...

  • २०७६ आश्विन ९, बिहिबार

    गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

    ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयले सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली सोसम्बन्धी...

  • २०७६ आश्विन ९, बिहिबार

    एघार सय घरधुरीलाई पुनःनिर्माणमा सहयोग

    भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ । संस्थाका अनुसार उक्त...

  • २०७६ आश्विन ९, बिहिबार

    ५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

    तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ । सोही क्रममा प्राधिकरणले प्रमुख शहर र राजमार्ग आसपासका क्षेत्रमा विद्युतीय...

  • २०७६ आश्विन ९, बिहिबार

    ‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा...

  • २०७६ आश्विन ९, बिहिबार

    लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ...

Pages