राष्ट्रिय
-
२०७६ भाद्र २७, शुक्रबार
मनकामना केबलकार सञ्चालन
मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो । केबलकार...
-
२०७६ भाद्र २६, बिहिबार
सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना
वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो । विभागले बुधबार...
-
२०७६ भाद्र २६, बिहिबार
गोरखा दरबारको पुनः निर्माणले गति लिँदै
गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो । विसं १९९० को भूकम्पले समेत खासै क्षति नपुगेको यो दरबारमा गोरखाको बारपाक केन्द्र भई २०७२ वैशाख १२...
-
२०७६ भाद्र २६, बिहिबार
धनगढी–खुटिया सडक अलपत्र
कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो । धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक केही समय पहिले प्रदेश मातहतमा थियो । प्रदेश सरकारले सो सडक बनाउने पहल नगरेपछि फेरि सङ्घ सरकार अन्तर्गत...
-
२०७६ भाद्र २६, बिहिबार
कोटेश्वरका यातायात मजदूरलाई पोशाक
कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य...
-
२०७६ भाद्र २६, बिहिबार
डेंगु संक्रमण बढेपछि अमेरिकाले जारी गर्यो ‘ट्राभल नोटिस’
२६ भदौ, काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह...
-
२०७६ भाद्र २६, बिहिबार
आगामी तीन दिन मनसुन सक्रिय
मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको...
-
२०७६ भाद्र २६, बिहिबार
काष्ठमण्डप पुनर्निर्माण ः भुइँतलाको थाम राखियो
गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको...
-
२०७६ भाद्र २६, बिहिबार
रकम अभावले इन्द्रजात्रा मनाउन समस्या
रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ...
-
२०७६ भाद्र २६, बिहिबार
मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी एमओयू आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो । “नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ”, नेपालको तर्फबाट बैठकको...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै
इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा, अनन्त चतुर्दशी
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा...


