relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र २९, आइतबार

    खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

    विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ । यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराँै भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो । मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युत्को लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो...

  • २०७६ भाद्र २९, आइतबार

    निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

    लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना...

  • २०७६ भाद्र २९, आइतबार

    खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने...

  • २०७६ भाद्र २८, शनिबार

    ‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’

    डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताउनुभयो । निको भएका बिरामीकोतर्फबाट...

  • २०७६ भाद्र २८, शनिबार

    आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आप्mना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ । आज नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु...

  • २०७६ भाद्र २८, शनिबार

    विदेशी पाहुनाबाट चन्द्रागिरि र स्वयम्भूको अवलोकन

    इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी पाहुनाले आज चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गराएका हुन् । त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाबारे जानकारी लिनुभएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी...

  • २०७६ भाद्र २८, शनिबार

    राजतन्त्र फर्काउन सम्भव छैन ः सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो । “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति...

  • २०७६ भाद्र २७, शुक्रबार

    लुम्बिनीमा मङ्सिर १ देखि बभू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

    नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि देखिएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अन्तरराष्ट्रिय सम्मनेलनमा राखेको छ । भारतको नयाँदिल्लीमा भएको ‘संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलन’मा नेपालका तर्फबाट सो प्रस्ताव गरिएको हो । सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षयका कारण वातावरणीय...

  • २०७६ भाद्र २७, शुक्रबार

    नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण

    जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो । पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएकोे कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका ती ठाउँमा संरक्षण गर्न स्थानीय उपभोक्ताको...

  • २०७६ भाद्र २७, शुक्रबार

    दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

    सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम...

  • २०७६ भाद्र २७, शुक्रबार

    पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन्देशमा काठमाडौँ...

  • २०७६ भाद्र २७, शुक्रबार

    दुुई दशकपछि इन्द्रदहमा ढोलक लगिँदै

    चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा करीब दुुई दशकपछि विशेष बाजागाजासहित हनुमानढोकादेखि ढोलक लगिने भएको छ । काठमाडौँको वसन्तपुरमा आज इन्द्रजात्रा गरिएपछि राति १०ः०० बजे करीब २०० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुु¥याउने व्यवस्था गरिएको वडा नं १ ९दहचोक० का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुुभयो । विगतमा ढोलक लैजाने परम्परा रहेकामा करीब दुुई दशकसम्म विभिन्न कारणले त्यसलाई निरन्तरता...

Pages