relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र १६, सोमबार

    शिवालयमा भक्तजनको भीड

    महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर...

  • २०७६ भाद्र १६, सोमबार

    तीज र चौँठचन्द्र पर्व एकसाथ

    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा स्थापित तीजका साथै चौँठचन्द्र पर्वको रौनक गण्डकी प्रदेशको राजधानी पोखरामा देखिएको छ । पोखरामा बस्दै आएका...

  • २०७६ भाद्र १६, सोमबार

    सुरक्षित गर्भपतन गराउने बढ्दै

    जिल्लामा वर्षेनी गर्भपतन गराउने महिला बढीरहेका छन् । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा डोटीमा एक हजार ८९ महिलाले गर्भपतन गराएका थिए । उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य संस्थामा महिलाले उक्त सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३८३ जनाले...

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

    पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार...

  • २०७६ भाद्र १६, सोमबार

    कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

    जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका...

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिनाथमा दर्शनार्थीको भिड

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज...

  • २०७६ भाद्र १६, सोमबार

    प्राधिकरणका ज्ञवाली दक्षिण कोरियातर्फ

    शहरी क्षेत्रको पुनःनिर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । विश्व पूर्वाधार सहयोग सम्मेलन ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना, कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उहाँले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन...

  • २०७६ भाद्र १६, सोमबार

    तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

    नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद रु २५ हजार र रु १० हजारसहित...

  • २०७६ भाद्र १६, सोमबार

    माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु...

  • २०७६ भाद्र १६, सोमबार

    निःशुल्क हुन सकेन सरकारी शिक्षा

    सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताउनुभयो । “हामीले परीक्षा शुल्कसहित प्रत्येक...

  • २०७६ भाद्र १६, सोमबार

    ऋषिपञ्चमी

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आजा...

  • २०७६ भाद्र १६, सोमबार

    पत्रकार र कर्मचारी सम्मानित

    नेपाल निजामती कर्मचारी सङ्गठन झापाका पूर्वअध्यक्ष स्व प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारबाट शनिबार झापामा एक पत्रकारसहित तीन पुरस्कृत भएका छन् । सङ्गठनले स्थापना गरेको प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल पुरस्कृत हुनुभएको छ भने प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति...

Pages