STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ जेठ १४, सोमबार

    एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना...

        एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयम्ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत...

  • २०८१ जेठ १०, बिहिबार

    प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती

    खस नेपाली भाषाको एकल सन्चार माध्यमं को प्रभाव चर्किरहेको समयमा आफ्नो मातृभाषा नेपालभाषामा पत्रिका निकालेर प्रथम मातृभाषा पत्रकार बन्नु भएका धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्तीको अवसरमा  नेपालभाषाका पत्रकार सुगतरत्न सिन्दुराकारलाई धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो समारोह नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने ...

  • २०८१ जेठ १०, बिहिबार

    चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड

    बौद्ध धर्मावलम्बी आज बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा जम्मा भएर बुद्धजयन्ती मनाउँदै छन् । जहाँ लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउन लागिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा...

  • २०८१ जेठ १०, बिहिबार

    मनाइँदै उँभौली पर्व

    काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।  गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि...

  • २०८१ जेठ १०, बिहिबार

    बुद्धवचन सम्झँदै २५६८औं बुद्धजयन्ती मनाइँदै

    काठमाडौं- शान्तिका अग्रदूतका रूपमा संसारभर परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नै लुम्बिनी आइपुगेका छन्। बुधबार साँझ नै प्रचण्डले बुद्धजयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त...

  • २०८१ जेठ ९, बुधबार

    ३०औँपटक सगरमाथाकाे सफल आराेहण गरेर कामीरिताकाे नयाँ कीर्तिमान

    काठमाडौं - कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।  “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,” सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि...

  • २०८१ जेठ ३, बिहिबार

    सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

    भैरहवा- प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुवातमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ। एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका...

  • २०८१ जेठ ३, बिहिबार

    सरकारले बेवास्ता गरेको भन्दै डा. गोविन्द केसीले तोडे अनशन

    काठमाडौं - डा..गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।  पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो ।  त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन...

  • २०८१ बैशाख ३०, आइतबार

    मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

      सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले...

  • २०८१ बैशाख २९, शनिबार

    सती प्रथाविरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार

    परम्परागत संस्कारलाई निरन्तरता दिने क्रममा काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ  । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । स्थानिय वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको सो ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी भएको कुरा आयोजक संस्थाका विश्वराम...

  • २०८१ बैशाख २७, बिहिबार

    सुरेशकिरण मानन्धर भाषा आयोगको सदस्यमा मनोनित

    काठमाडौं – भाषा आयोगको रिक्त सदस्य पदमा नेपालभाषाका कवि एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरलाई मनोनित गरिएको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले संस्कृति मन्त्रालयको सिफारिसमा मानन्धरलाई मनोनित गरेको हो । बागमती प्रदेशमा भाषा ऐन लागू भएपछि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषासरह मान्यता दिइसकेपछि आयोगको रिक्त पदमा नेवारलाई नै मनोनित गरिनुपर्ने माग नेवार समुदायले राख्दै आएको थियो ।...

  • २०८१ बैशाख २६, बुधबार

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

    काठमाडौँ - आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । ...

Pages