राष्ट्रिय
-
२०८० चैत्र २५, आइतबार
निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै
निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर...
-
२०८० चैत्र २३, शुक्रबार
सुनसरीमा ८० राउन्ड हवाई फायर, पाँचवटा पालिकामा कर्फ्यु
विराटनगर- सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ। शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका...
-
२०८० चैत्र १४, बुधबार
नेपालमा क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। स्वास्थ्य...
-
२०८० चैत्र १३, मंगलबार
होली कार्यक्रममा धिरज राइले तताए बौद्ध जोरपाटी
सौन्दर्य कला क्षेत्रमा ख्यातिप्राप्त जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होलीको पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा सु–प्रशिद्ध गायक धिरज राइले सांगीतिक प्रस्तुति दिएका थिए । एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको सो कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक...
-
२०८० चैत्र १२, सोमबार
राना थारु होलीको मौलिकता हराउँदै
कञ्चनपुर, १२ चैत स् राना थारु समुदायका अगुवा शुक्लाफाँटा नगरपाालिका–४ असैनाका सुग्रीव राना होलीको मौलिकता हराउँदै जान थालेकोमा निकै चिन्तित छन् । राना थारु समुदायको महत्वपूर्ण पर्व नै होली भएकाले यस पर्वलाई आधुनिक तरिकाले पस्किने चलनको अन्त्य हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।“होलीको परम्परागत शैलीलाई जीवन्त राख्नका लागि राना थारु समुदायका अगुवाले अगाडि सर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पहिला...
-
२०८० चैत्र १२, सोमबार
नेपाल संवतको ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण...
-
२०८० चैत्र ८, बिहिबार
विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो । “संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछुत...
-
२०८० चैत्र ५, सोमबार
मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण
महेन्द्रनगर (धनुषा), ५ चैत : मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ ।...
-
२०८० चैत्र ५, सोमबार
उपनिर्वाचन : २० दललाई निर्वाचन चिह्न प्रदान
निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको...
-
२०८० चैत्र १, बिहिबार
त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको बताए । एआईजी थापाले भने– ‘उनीहरुको ठाउँमा नयाँ...
-
२०८० फाल्गुण २९, मंगलबार
इस्लाम धर्मावलम्बीहरूको रमजान आजदेखि
काठमाडौं- इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ। रोजा...
-
२०८० फाल्गुण २७, आइतबार
ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा
काठमाडौं - सोमबार सेयर बजार बन्द हुने भएको छ । सोमबार (फागुन २८ गते) ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।


