राष्ट्रिय
-
२०७६ भाद्र २, सोमबार
असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’
असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई एक थान...
-
२०७६ भाद्र १, आइतबार
मिर्गौला बिक्री गर्ने रुद्राक्ष खेतीतर्फ
पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै एकपटक ठूलो गल्ती गरियो...
-
२०७६ भाद्र १, आइतबार
नेपाल हिन्दी प्रतिष्ठानको नयाँ कार्यसमिति
नेपाल हिन्दी प्रतिष्ठानको आज यहाँ सम्पन्न सातौ साधारणसभाले राजेश्वर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा डा आशा सिन्हा, महासचिवमा रामस्वार्थ ठाकुर गान्धी, सचिवमा चन्द्रशेखरराज चमन र कोषाध्यक्षमा श्रीचन साह चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रामहृदय प्रसाद, अवध किशोर, मनोजकुमार प्रमेश, प्रकाशचन्द्र साह, नगेन्द्रप्रसाद चौधरी र सरोजकुमार यादव हुनुहुन्छ ।
-
२०७६ भाद्र १, आइतबार
अनुसन्धान ब्यूरोको टोली चितवनमा
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान...
-
२०७६ भाद्र १, आइतबार
‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभएको छ । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आज आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा उहाँले नागरिकले अनाहकमा दुःख नपाऊन्, निर्दोष नफसून् र पीडक कानूनको दायरामा आऊन् भन्ने अभिप्रायका साथ...
-
२०७६ श्रावण ३२, शनिबार
बौद्ध पर्व मतयाःको साँस्कृतिक महत्व
विमला शाक्य ललितपुरमा मनाइने विभिन्न जात्रा पर्वमध्ये मतयाः दीपयात्रा बौद्धहरुले मान्ने एक महत्वपूर्ण जात्रा हो । मतयाः लाई न्येकू जात्रा, श्रृंगभेरी जात्रा आदि विभिन्न नामले संज्ञा दिएतापनि यो पर्व मुख्यतया ललितपुरमा मनाईने बौद्ध पर्व हो जुन हरेक वर्ष भाद्र कृृष्ण दुतियाको दिन सम्पन्न हुन्छ । यस पर्वलाई ललितपुरका विभिन्न १० वटा टोलले संचालन गर्दै आएका छन् । सौगल, नकबहिल, मंगलबजार, चक्रबहिल,...
-
२०७६ श्रावण ३२, शनिबार
बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि।स। २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग १ उनको निधन गाइजात्राको एकदिन पछि भएको छ । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’...
-
२०७६ श्रावण ३२, शनिबार
सबैको साझा बन्दै नेवार समुदायको रोपाइँजात्रा
अटिनअटी मान्छेको भीड । गुञ्जिरहेको थियो असारे गीत र ढोल÷झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार । हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो । बीचबीचमा लाखे तथा...
-
२०७६ श्रावण ३१, शुक्रबार
नगरपालिकाद्वारा अस्पताल व्यवस्थापन समिति खारेज
दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि...
-
२०७६ श्रावण ३१, शुक्रबार
पुनःनिर्माणमा प्रवलीकरणको नतिजा शून्य
ओखलढुङ्गामा प्रवलीकरणको नतिजा शून्य देखिएको छ । पुनःनिर्माण प्राधिकरणले मर्मत गरेर बस्न मिल्ने संरचनालाई आंशिक क्षतिको सूचीमा राखेर प्रवलीकरण गर्ने नीति लिएको भए पनि ओखलढुङ्गामा कसैले प्रवलीकरणमा चासो देखाएका छैनन् । जिल्लामा भूकम्पबाट जीर्ण भएका हजारौँ घर, भवन र अन्य संरचना छन् । तर कुनै पनि संरचना बलियो बनाइएको छैन । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन...
-
२०७६ श्रावण ३१, शुक्रबार
मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र
नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् । मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले...
-
२०७६ श्रावण ३१, शुक्रबार
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य ः भेटघाट र बैठक शुरु
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुनुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालयका बैठकमा सहभागी हुनुहुन्छ । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओली...


