राष्ट्रिय
-
२०७६ श्रावण २९, बुधबार
तीजका गीतमा परिवर्तनका सन्देश
तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक ठाउँमा भेला भएर तीजका गीतसँगै नाच्ने गर्छन् । कुनैबेला माया पिरती र सासू–ससुरा, आमा–बुबालगायतलाई व्यङ्ग्य गरिने तीजका गीतहरुलाई हिजोआज परिमार्जन गर्दै स्थानीय कला संस्कृतिको जर्गेनासँगै सचेनताका गीत गाउन थालेका छन् । बाँकेका ग्रामीण बस्तीमा...
-
२०७६ श्रावण २९, बुधबार
किराँती सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम जोखिममा
किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा परेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र गर्न फराकिलो बनाएपछि भित्तापट्टिको भाग क्रमशः झर्ने क्रम नरोकिँदा ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा परेको हो । निरन्तर पहिरो झरिरहने तुवाचुङ–जायजुमको तल्लो भेग बर्खेटारमा यस वर्ष गत असार २६ गते राति सडकमा ठूलो चट्टानसहितको पहिरो थुप्रिएको थियो । करीब ५००...
-
२०७६ श्रावण २९, बुधबार
घट्दै छन् पानीका मुहान
दश वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङ्गल फँडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ । विगतमा मूलबाट आउने पानीको मात्रा र अहिले आउने मात्र निकै ठूलो गिरावट आएको स्थानीयवासीको भनाइ छ । दश वर्ष पहिले घर नजिकै जङ्गल पाइथ्यो, अहिले जङ्गल पुग्न चार घण्टाभन्दा बढी हिँड्नु पर्छ । जङ्गल र पानीको अभावकै कारण खेतीयोग्य जमीनमा खेती गर्न सकिएको छैन...
-
२०७६ श्रावण २९, बुधबार
अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै
काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै...
-
२०७६ श्रावण २९, बुधबार
पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा
सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान...
-
२०७६ श्रावण २९, बुधबार
नेपाल र भारत आपसमा अन्तरनिर्भर ः परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । भारतको ७३ आँै स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो । मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला...
-
२०७६ श्रावण २९, बुधबार
महायज्ञबाट बीस लाख सङ्कलन
श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ लाख जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक अनिरुद्ध थापाले बताउनुभयो । “...
-
२०७६ श्रावण २९, बुधबार
लोपोन्मुख लायकू भैलः ३२ गतेदेखि सञ्चालन हुने, तयारी पुरा
मध्यपुरको लोपोन्मुख लाय्कू भैलः लायकू भैरव नृत्य यो वर्ष साउन ३२ गतेदेखि शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्टदेखि शुरु हुने लायकू भैरव नृत्यका लागि आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । रोकिएको ४७ वर्षपछि ०७२ सालमा पहिलोपटक लायकू भैलः भक्तपुरका टोलटोलमा देखाइएको थियो । त्यसपछि पनि लगातार दुई वर्ष भैरव नृत्य प्रदर्शन गरियो । तर ०७५ सालमा भक्तपुरका प्रजापति...
-
२०७६ श्रावण २९, बुधबार
श्रमदानबाट काठेपुल निर्माण
यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् । तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ...
-
२०७६ श्रावण २९, बुधबार
जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको...
-
२०७६ श्रावण २९, बुधबार
वायोमेट्रिक प्रणालीबाट सुविधा
यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली ९टोकन सिष्टम० सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ । सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टाँै तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख...
-
२०७६ श्रावण २९, बुधबार
सगरमाथा आरोहीको मृत्यु जामले होइन छानबिन समिति
सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन पर्वतारोहण सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ । पर्यटनमन्त्री...


