राष्ट्रिय
-
२०७६ श्रावण १४, मंगलबार
चौयाया संरक्षणका लागि जिम्मा लगाइयो
तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाउनुभएको हो । गाई...
-
२०७६ श्रावण १४, मंगलबार
विद्यार्थी टिकाउन दिवा खाजा
पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा...
-
२०७६ श्रावण १४, मंगलबार
महिला रक्तदाता न्यून
नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो । रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । सङ्कलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो । केन्द्रका प्रमुख डा मनिता राजकर्णिकार...
-
२०७६ श्रावण १४, मंगलबार
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग ः मुआब्जा निर्धारणको काम धमाधम
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब्जा वितरण प्रक्रियालाई अगाडि बढाइएको हो । जिल्ला प्रशासन कार्यालयले जग्गाप्राप्ति ऐन, ३०३४ बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा...
-
२०७६ श्रावण १४, मंगलबार
शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई प्रदान
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता पुरस्कार २०७५ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ वितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक दैनिकमा कार्यरत रौनियारलाई प्रदान गर्नु भएको हो । पुरस्कारको राशि रु ५१ हजार...
-
२०७६ श्रावण १४, मंगलबार
खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले
एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु...
-
२०७६ श्रावण १४, मंगलबार
गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई पत्र पठाएको हो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र...
-
२०७६ श्रावण १४, मंगलबार
छ वन समूह पुरस्कृत
डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई उत्कृष्ट हुने वन समूहमध्ये पनौती नगरपालिका वडा नं १ रयालेका...
-
२०७६ श्रावण १४, मंगलबार
कार्यवाहक राजदूत युजोद्वारा बिदाइ
नेपालका लागि जापानी कार्यवाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ बिदाइ गर्नुभयो । जापान सरकारद्वारा मानव स्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यसअन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्राङ्कित श्रेणीका २० जना अधिकृत जापान जाने...
-
२०७६ श्रावण १४, मंगलबार
उद्यमी बनाउन सीपमूलक तालीम
सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो । सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर गरी उद्यमी बनाउने उद्देश्यका साथ चार नगरपालिका र छ गाउँपालिकाका बेरोजगार युवायुवतीलाई सीपमूलक...
-
२०७६ श्रावण १४, मंगलबार
बुद्धमूर्ति तोड़फोड़ गर्ने लाई कड़ा कार्यवाही गर्ने आस्वाशन
सिद्धार्थ राजमार्गको शंकरनगर खण्डमा हालै मात्र ५ वटा बुद्धमूर्ति तोड़फोड़ गरेको विरोधमा दोषीलाइ तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्नका लागि आज श्रावण १४ गते सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यको नेतृत्वमा गएको धर्मोदय सभाको प्रतिनिधिमण्डलले गृहमन्त्री माननीय राम बहादुर थापा "बादल" लाइ भेट गरी ज्ञापन पत्र बुझाईयो। सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यले ज्ञापनपत्र वाचन गर्नु भएको थियो भने...
-
२०७६ श्रावण १४, मंगलबार
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
पछिल्लो समय बजारमा बग्रेल्ती सहकारी संस्था सञ्चालनमा आएका छन् । कृषिमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्ने र चर्को ब्याजदर असुलेर मिटरब्याजी कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । तर सबै सहकारीले ऐन, नियमभन्दा बाहिर गएर कारोवार गर्दैनन् भन्ने उदाहरण बनेको छ– कुश्माको वैँशाली कृषि सहरकारी संस्था । यो सहकारीले मोदी गाउँपालिका वडा नं ४ मा नमूना...


