relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण १६, बिहिबार

    सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

    सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत वेचनकुमार महतोले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा राष्ट्रिय वनको...

  • २०७६ श्रावण १६, बिहिबार

    आगलागीबाट बन्द भएको रेडियो डेढ महीनापछि सञ्चालन

    विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो । फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती...

  • २०७६ श्रावण १६, बिहिबार

    ‘कालिका पत्रकारिता पुरस्कार’ राजभण्डारी र घर्तीलाई प्रदान

    कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ बागलुङका दुई पत्रकारलाई प्रदान गरेको छ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रूपमा विकास भएको बागलुङ कालिका मन्दिरको थप प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ‘कालिका पत्रकारिता पुरस्कार–२०७५’ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र सङ्घम घर्तीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदान...

  • २०७६ श्रावण १६, बिहिबार

    ज्येष्ठ नागरिकलाई सम्मान

    राजविराज नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाका १६ वडाबाट सबै ८५ वर्ष नाघेका पाँच÷पाँच ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख शम्भु यादवले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मान गर्नुभयो । सम्मान पाउनेमा राजविराज नगरपालिका वडा नं १३ का वडाध्यक्ष १०५ वर्षीय...

  • २०७६ श्रावण १६, बिहिबार

    सामुदाययिक वनमा लगाइएको कर हटाउन माग

    सामुदायिक वन उपभोक्ता महासङ्घ, रुपन्देहीले सामुदाययिक वनमा लगाइएको कर हटाउन माग गरेको छ । महासङ्घले बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएपछि बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सामुदायिक वनमा करको बोझ थपिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले बताउनुभयो । “स्थानीय र सङ्घीय सरकारलाई कर बुझाएर सामुदायिक वनमा काम गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । वन विकास गुरुयोजनाले...

  • २०७६ श्रावण १६, बिहिबार

    रेविजविरुद्ध भ्याक्सिन सेवा

    नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल...

  • २०७६ श्रावण १५, बुधबार

    भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

    सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका लागि रु १० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो अवधिमा मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजनतर्फ ९४ प्रतिशत, जलस्रोत कार्यालयको ८७ प्रतिशत, यातायात पूर्वाधार...

  • २०७६ श्रावण १५, बुधबार

    बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

    यस आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताउनुभयो । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५÷७६...

  • २०७६ श्रावण १५, बुधबार

    प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि...

  • २०७६ श्रावण १५, बुधबार

    भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने

    गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग स्थापना गरेको जनाउँदै पछि निजी क्षेत्रलाई बिक्री गरेको भए...

  • २०७६ श्रावण १५, बुधबार

    काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

    काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनु हुनेछ । ती...

  • २०७६ श्रावण १५, बुधबार

    ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

    सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि यहाँका जमीन बाँझो रहेको पाइन्थ्यो । सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कूल ७० हजार हेक्टर...

Pages