राष्ट्रिय
-
२०७६ आषाढ २९, आइतबार
साहित्य, कला क्षेत्रका ४२ स्रष्टा सम्मानित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गितु गिरीलाई प्रदान गर्नुभयो । प्यूठानमा जन्मनुभएका गिरीका सांस्कृतिकलगायत विविध विषयमा लेखिएका...
-
२०७६ आषाढ २९, आइतबार
राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प
राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो । राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताउनुभयो । उहाँका...
-
२०७६ आषाढ २९, आइतबार
बाढी–पहिरो अपडेट ६० को मृत्यु, ४८ को सनाखत
विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् । विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट...
-
२०७६ आषाढ २९, आइतबार
बाढी पहिरो अपडेट ः मृत्यु हुने ४८ पुगे, ३५ बेपत्ता, २५ घाइते
अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले...
-
२०७६ आषाढ २९, आइतबार
भाषिक एकीकरणलाई स्थायित्व दिनुपर्छ ः उपप्रम पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय...
-
२०७६ आषाढ २९, आइतबार
होटल तथा रेष्टुराँमै प्राथमिक उपचार
बागलुङका होटल तथा रेष्टुँरामा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन् । सदरमुकाम बागलुङ बजारका होटल तथा रेष्टुराँले आफ्नो पाहुना र काम गर्ने मजदुरलाई लक्षित गरी प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ राखेका छन् । होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका हुन् । होटलमा आउने पाहुना र पर्यटकको सहजताका लागि र स्वास्थ्यसम्बन्धी...
-
२०७६ आषाढ २९, आइतबार
बाढीपहिराका कारण विद्यालय बन्द
लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो । भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा...
-
२०७६ आषाढ २९, आइतबार
मकालुमा ५० घर पहिराको उच्च जोखिममा
सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो । मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको...
-
२०७६ आषाढ २९, आइतबार
त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश...
-
२०७६ आषाढ २९, आइतबार
मनसुनी गतिविधि कमजोर बन्दै
शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा वर्षा गराउने वायु नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ । भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश...
-
२०७६ आषाढ २९, आइतबार
उधारोमा मागेर औषधि वितरण
कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद...
-
२०७६ आषाढ २९, आइतबार
सुरक्षित स्थानमा बसिरहन आग्रह
बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा...


