राष्ट्रिय
-
२०७६ आषाढ २७, शुक्रबार
शान्ति मिशनका प्रहरीको बिदाइ
संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिशनमा जाने प्रहरी टोलीलाई आज बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले आज शान्ति मिशनमा जाने प्रहरी कर्मचारीलाई बिदाइ गर्नुभएको हो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिशनमा खटिँदा बनाएको छविलाई कायम राख्दै सङ्गठनको नीतिअनुरुप कार्य सम्पादन गर्न...
-
२०७६ आषाढ २७, शुक्रबार
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध
तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी...
-
२०७६ आषाढ २७, शुक्रबार
विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’
मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि...
-
२०७६ आषाढ २७, शुक्रबार
डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द
डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४...
-
२०७६ आषाढ २७, शुक्रबार
अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको...
-
२०७६ आषाढ २७, शुक्रबार
निस्दीलाई शिक्षा वर्षका रूपमा मनाइँदै
पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको हो । विकासका कामलाई निरन्तरता दिने क्रममा औसतमा हेर्दा पूर्वाधारमा रकम बढी देखिए पनि अन्य क्षेत्रको तुलनामा शिक्षामा लगानी गरी शिक्षा वर्षका रूपमा मनाउन लागिएको गाउँपालिका...
-
२०७६ आषाढ २६, बिहिबार
नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने...
-
२०७६ आषाढ २६, बिहिबार
एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी...
-
२०७६ आषाढ २६, बिहिबार
बर्खासँगै गाउँपालिकाकोे सडक अवरुद्ध
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध भएको छ । जिल्ला सदरमुकाममा आवतजावत गर्नका लागि छिमेकी जिल्ला सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाको रामपुरखोला हुँदै जानुपर्नेमा बर्खा लागेसँगै रामपुर खोला बढेर तर्न नसकिने, कच्ची सडकको ठाउँठाउँमा पहिरो जाने, भत्कने र हिलोका साथै खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएपछि त्यहाँका बासिन्दाले कठिनाइ व्यहोर्नु परेको हो...
-
२०७६ आषाढ २६, बिहिबार
एशियाली कृषि सम्मेलन साउन २६ मा
नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका १०...
-
२०७६ आषाढ २६, बिहिबार
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै...
-
२०७६ आषाढ २६, बिहिबार
बेलीब्रिज जीर्ण
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो । पुलमा सुरक्षाका लागि बनाइएको...


