राष्ट्रिय
-
२०८० पौष २१, शनिबार
सर्लाही घटना: प्रहरीको गोलीले मरेका प्रदर्शनीकारीको शव रातभर घटनास्थलमै
काठमाडौं- सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका– ६ का ३० वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनको टाउकोमा गोली लागेको छ । उनको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । मृतकका आफन्त र आन्दोलनरत...
-
२०८० पौष १९, बिहिबार
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ, १९ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड...
-
२०८० पौष १९, बिहिबार
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
काठमाडौँ, १९ पुससिन्धुपाल्चोकमा आज :विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
-
२०८० पौष १७, मंगलबार
सहरमा जनसङ्ख्या पाँच प्रतिशतले बढ्यो
काठमाडौं – बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी, सहरोन्मुख जनसङ्ख्या ३९...
-
२०८० पौष १७, मंगलबार
बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने
काठमाडौं- गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ । शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको...
-
२०८० पौष १७, मंगलबार
बालकुमारीमा अवरोध रहेको जानकारी सुरक्षा निकायले दिएनन् : मन्त्री प्रकाश ज्वाला
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो। ‘बालकुमारीमा सडक अवरोध भएको कुरा...
-
२०८० पौष १७, मंगलबार
‘धोती दिवस’ मनाउन गएका सीके राउत पक्राउ
काठमाडौं- माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो । सरकारले...
-
२०८० पौष १५, आइतबार
आज गुरुङ समुदायको तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा
काठमाडौं- आज पुस १५ गते, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्वका रुपमा मनाउने गरेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत...
-
२०८० पौष १५, आइतबार
बालकुमारी घटना : ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशकको जिम्मेवारी खोसियो, पीएसओ र डीएसपी निलम्बनमा
काठमाडौं- बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछि सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो । काठमाडौंमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल...
-
२०८० पौष ११, बुधबार
सन्दीपविरुद्धको मुद्दामा किशोरीको तर्फबाट सकियो बहस
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरीको तर्फबाट बहस सकिएको छ। यो मुद्दामा आइतबारबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। यस्तै जाहेरवाला गौशला २६ कै तर्फबाट अधिवक्ताहरु मोहना...
-
२०८० पौष १०, मंगलबार
किराँती समुदाय आज उधौली पर्व मनाइँदै
काठमाडौँ - प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन...
-
२०८० पौष ९, सोमबार
आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी
काठमाडौं- क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको...


