राष्ट्रिय
-
२०८० माघ १२, शुक्रबार
प्रहरीबाट अध्यागमन अधिकारीहरू कुटिएपछि छानबिन समिति गठन
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू प्रहरीबाटै कुटिएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ। गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको स्रोतले जानकारी...
-
२०८० माघ १२, शुक्रबार
शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमाथि सर्वोच्चमा बहस
काठमाडौं - नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा एमिकसक्युरीको बहस सकिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि वहस भइरहेको थियो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पालामा २०६९ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने र सिङ्गो अक्षरमा हलन्त राख्ने निर्णय भएको थियो । उक्त रिटमा...
-
२०८० माघ ९, मंगलबार
पशुपति विकास कोषकी निर्देशकलाई तत्काल काम नगराउन आदेश
काठमाडौं— पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल काम नगर्न/नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुस २९ मा कोष कै भरत मरासिनीले रिट दायर गरेका थिए । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको...
-
२०८० माघ ९, मंगलबार
सप्तरीमा प्रहरीसँगको झडपमा मन्त्रीसहित ३ जना सांसद घाइते
काठमाडौं- सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । यसै क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ । जिल्ला प्रहरी कार्यालय...
-
२०८० माघ ४, बिहिबार
जाजरकोटका डाक्टरलाई मासिक १ लाख भत्ता !
जाजरकोट - भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट...
-
२०८० माघ ३, बुधबार
गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल
काठमाडौँ - सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।
-
२०८० पौष २७, शुक्रबार
मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्यालथुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरुङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण...
-
२०८० पौष २७, शुक्रबार
थारू लोकसंस्कृति जगेर्ना गर्न ‘माघ म्याला’
काठमाडौँ- थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहन-सहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । थारुसँग सम्बन्धित राष्ट्रियस्तरका...
-
२०८० पौष २५, बुधबार
सन्दीप लामिछाने दोषी ठहर, तोकियो ८ वर्ष कैद सजाय
काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाँदै लामिछाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत...
-
२०८० पौष २४, मंगलबार
हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु
बाजुराको कोल्टीमा हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु भएको छ। हेलिकप्टरको पर्खाइमा रहेकी हुम्ला ताजाँकोट गाउँपालिका–५ का अंशु बुढाको सोमबार बेलुका मृत्यु भएको हो।उनी सुत्केरी भएको १३ दिन पुगेको थियो। हुम्लाबाट उपचारका लागि आइतबार बाजुराको कोल्टी पुर्याइएको थियाे। हुम्लाका प्रदेश सभाका सदस्य रनसिंह परियारले सोमबार कोल्टीमा उडान नभएपछि सुत्केरीको मृत्यु भएको खबर आफूले पाएको बताए। दुर्गम...
-
२०८० पौष २४, मंगलबार
१६ डीआईजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए
काठमाडौं- गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् । एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरुवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने...
-
२०८० पौष २२, आइतबार
सर्लाहीको बरहथवामा फेरि कर्फ्यु
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ। यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको...


