relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ ३, मंगलबार

    विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण

    देवीघाट जाल्पा क्लबले मालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका–६ स्थित देउरालीमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका जेहेन्दार, विद्यार्थीलाई सोमबार झोला, कापी, सिसाकलमगायत सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दीपेश चित्रकारले बताउनुभयो । चित्रकारका अनुसार अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण...

  • २०७६ आषाढ ३, मंगलबार

    निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

    टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।  रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक...

  • २०७६ आषाढ ३, मंगलबार

    एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

    गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ । आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षको बजेट...

  • २०७६ आषाढ ३, मंगलबार

    चार दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित...

  • २०७६ आषाढ ३, मंगलबार

    व्यासमूर्तिको डिपिआर सार्वजनिक

    तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरिएको छ ।  व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले आज दमौलीमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८...

  • २०७६ आषाढ ३, मंगलबार

    इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

    चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो । रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष...

  • २०७६ आषाढ ३, मंगलबार

    प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ ।  प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।” प्रतिनिसभाको आजको...

  • २०७६ आषाढ ३, मंगलबार

    ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु

    कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करीब आधा समय ९डेढ वर्ष०पछि यहाँको शुक्लाफाँटा र वेदकोट नगरपालिकाअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको हो । दुई वर्षमा भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनिसकेपछि डेढ वर्षअघि थप १५ किलोमिटर नहर निर्माणका लागि तीन प्याकेजमा...

  • २०७६ आषाढ ३, मंगलबार

    प्रतिनिधिसभा बैठक अवरोध ः सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

    प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै...

  • २०७६ आषाढ ३, मंगलबार

    तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन...

  • २०७६ आषाढ ३, मंगलबार

    गुठी विधेयक–  क्षेत्राधिकारभन्दा बाहिर गएर बहस भयोः सत्ता पक्ष,  जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठ्योः प्रतिपक्ष

    राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक प्रक्रियाअघि नै प्रतिनिधिसभामा विरोध र बहस हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता शर्माले  क्षेत्राधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभामा सो विषयमा कुरा उठेको धारणा व्यक्त गर्नुभयो ।  उहाँले...

  • २०७६ आषाढ २, सोमबार

    बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।   सो गाउँपालिकाको वडा नं। ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं वडाका...

Pages