राष्ट्रिय
-
२०७६ आषाढ २, सोमबार
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी
नेकपा क्रान्तिकारी–माओवादी को विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी ले आज त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै...
-
२०७६ आषाढ २, सोमबार
सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार,...
-
२०७६ आषाढ २, सोमबार
गुठी विधेयकको पक्ष र विपक्षमा सांसद
राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले विधेयकका कमजोरी सच्याएर अघि बढाउन सकिनेमा जोड दिनुभयो भने प्रमुख प्रतिपक्षी दलका सांसदले धर्म संस्कृति विरोधी भएकाले यसलाई फिर्ता लिन माग गर्नुभयो । बैठकमा सांसद जीवन बुढाले वर्षायाम शुरु भएसँगै कर्णालीमा दुःखका दिन आउने भएकाले...
-
२०७६ आषाढ २, सोमबार
कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो । विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर...
-
२०७६ आषाढ २, सोमबार
भारतीय गाडीको बढ्दो प्रयोग ः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ
सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी...
-
२०७६ आषाढ २, सोमबार
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका...
-
२०७६ आषाढ २, सोमबार
देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने
देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो । सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले...
-
२०७६ आषाढ १, आइतबार
‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’ प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।...
-
२०७६ आषाढ १, आइतबार
गर्भवतीलाई कीटनाशक झुल वितरण
औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेव मोहन कलौनीले बताउनुभयो । लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको होे । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण...
-
२०७६ आषाढ १, आइतबार
दुई सङ्गठनबीच एकता
नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ जिल्ला शाखाको घोषणा गरिएको छ । महासङ्घ नेपाल कम्युनिष्ट पार्टी नेकपा को शुभेच्छुक सङ्गठन हो । एकताअघि सङ्घमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासङ्घको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन । जिल्लास्तरमा...
-
२०७६ आषाढ १, आइतबार
खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी
सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका...
-
२०७६ आषाढ १, आइतबार
‘मनिराज वाङ्मय पुरस्कार२०७५‘ साहित्यकार सुवेदीलाई
साहित्यकार मनिराज जोशीको नाममा स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार२०७५‘यस वर्ष विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ । कैलालीस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले सो जानकारी दिनुभएको हो । साहित्यकार सुवेदीले लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली...


