राष्ट्रिय
-
२०७६ आषाढ २, सोमबार
कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो । विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर...
-
२०७६ आषाढ २, सोमबार
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी
नेकपा क्रान्तिकारी–माओवादी को विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी ले आज त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै...
-
२०७६ आषाढ २, सोमबार
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका...
-
२०७६ आषाढ २, सोमबार
सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार,...
-
२०७६ आषाढ २, सोमबार
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ...
-
२०७६ आषाढ २, सोमबार
गुठी विधेयकको पक्ष र विपक्षमा सांसद
राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले विधेयकका कमजोरी सच्याएर अघि बढाउन सकिनेमा जोड दिनुभयो भने प्रमुख प्रतिपक्षी दलका सांसदले धर्म संस्कृति विरोधी भएकाले यसलाई फिर्ता लिन माग गर्नुभयो । बैठकमा सांसद जीवन बुढाले वर्षायाम शुरु भएसँगै कर्णालीमा दुःखका दिन आउने भएकाले...
-
२०७६ आषाढ २, सोमबार
बालबालिकालाई सहकारीको सहयोग
झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो । संस्थाकी अध्यक्ष मीना ढकालले सदस्यका छोराछोरीले स्कूल झोला, पोशाक, जुत्ता र...
-
२०७६ आषाढ २, सोमबार
भारतीय गाडीको बढ्दो प्रयोग ः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ
सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी...
-
२०७६ आषाढ २, सोमबार
भानु नगरपालिकामा भानुभक्तीय टोपी लगाउन शुरु
तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् । नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ आषाढ २, सोमबार
देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने
देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो । सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले...
-
२०७६ आषाढ २, सोमबार
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम दुई करोड ५० लाख विनियोजन
प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समानरूपमा बजेट व्यवस्था गरिएको छ । यसका लागि रु एक अर्ब ४० करोड बजेट विनियोजन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेशसभाका सदस्यको सिफारिशमा रु ५० लाखका दरले योजना कार्यान्वयन गर्न रु ४८ करोड बजेट विनियोजन भएको छ ।...
-
२०७६ आषाढ २, सोमबार
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन
कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ...


