राष्ट्रिय
-
२०७६ जेठ ३१, शुक्रबार
कृषकलाई आधुनिक मौरी घार वितरण
स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो । “पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार...
-
२०७६ जेठ ३१, शुक्रबार
अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला
२१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख...
-
२०७६ जेठ ३१, शुक्रबार
तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता
कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो । राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निःस्वार्थ रुपमा...
-
२०७६ जेठ ३१, शुक्रबार
जोमसोम विमानस्थल स्तरोन्नति तीव्र
मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप ओभरले को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो । विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह...
-
२०७६ जेठ ३१, शुक्रबार
खानेपानी समस्या समाधान गर्न माग
दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय...
-
२०७६ जेठ ३०, बिहिबार
सगरमाथा नाप्ने कार्कीलाई सम्मान
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ । नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको...
-
२०७६ जेठ ३०, बिहिबार
बोयर जातका बाख्रा पालनप्रति बढ्दो आकर्षण
बाख्रापालक किसानहरुको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा “बोयर बाख्रा स्रोत केन्द्र स्थापना” गरिएको छ । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्यूरीटी कार्यक्रमको सहयोगमा डिभिजन पशु सेवा कार्यालय सिलगढी, कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत सो स्रोत केन्द्र स्थापना गरिएको हो । विश्व कृषि तथा...
-
२०७६ जेठ ३०, बिहिबार
जनता पाटनमा, विकास निर्माणका काम अलपत्र
स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा...
-
२०७६ जेठ ३०, बिहिबार
शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय
जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम्...
-
२०७६ जेठ ३०, बिहिबार
धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ । सो खण्डको नौ किलोमिटर ४०० मिटर अप्ठ्यारो...
-
२०७६ जेठ ३०, बिहिबार
स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग
सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च सिएफडी नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिनुभयो । वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार...
-
२०७६ जेठ ३०, बिहिबार
नेकपाको शपथग्रहण सम्पन्न
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने...


