relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ३१, शुक्रबार

    टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

    मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय...

  • २०७६ जेठ ३१, शुक्रबार

    वसन्तयाममा ६५९ ले सगरमाथा चढे

    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड पथप्रदर्शक सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना ९सरदार, गाइड र शेर्पासमेत गरेर० जम्मा एक हजार २३ रहेका...

  • २०७६ जेठ ३१, शुक्रबार

    स्थानीय न्यायिक समिति गठन भएन

    स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो । न्यायिक समिति गठन नहुँदा न्याय सम्पादनकार्य अलपत्र पर्दै आएको छ । अहिले पनि न्याय सम्पादनका लागि प्रहरी र जिल्ला प्रशासनमै स्थानीयवासी जाने गरेका छन् । जुफाल वा दुनै प्रशासनिक केन्द्र भन्ने विषयको विवादले गर्दा...

  • २०७६ जेठ ३१, शुक्रबार

    पाँच वर्षमा गरीबी शून्यमा झाछौँ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताउनुभयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक...

  • २०७६ जेठ ३१, शुक्रबार

    फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

    लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो ।  लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् ।...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषकलाई आधुनिक मौरी घार  वितरण

    स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।  नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।    “पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार...

  • २०७६ जेठ ३१, शुक्रबार

    अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

    २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् ।   गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख...

  • २०७६ जेठ ३१, शुक्रबार

    तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता

    कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।  डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो ।  राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निःस्वार्थ रुपमा...

  • २०७६ जेठ ३१, शुक्रबार

    जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

    मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप ओभरले को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो । विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह...

  • २०७६ जेठ ३१, शुक्रबार

    खानेपानी समस्या समाधान गर्न माग

    दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न  माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका  प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषि मेलाको सम्पूर्ण तयारी पूरा

    कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।  विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा आयोजना हुने मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहने मेला सचिवालयका संयोजक प्रा डा अर्जुन श्रेष्ठले बताउनुभयो ।  ती स्टलहरुमा कृषि यान्त्रिकीकरण र कृषि...

  • २०७६ जेठ ३१, शुक्रबार

    रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

    पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकार्नुभयो ।  पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत...

Pages