राष्ट्रिय
-
२०७६ जेठ १७, शुक्रबार
बजेट ः ‘दलितमैत्री भएन’
आर्थिक वर्ष २०७६÷७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ ले संविधानमा उल्लेख हकअनुसार दलित समुदायलाई समेट्न नसकेको उनीहरुको टिप्पणी छ । संविधानको मौलिक हकमा सुनिश्चित गरिएको दलितका लागि शिक्षा, स्वास्थ्य, भूमि, आवास र परम्परागत सीप...
-
२०७६ जेठ १७, शुक्रबार
प्रहरी उपरीक्षक भट्टलाई नागरिक सम्मान
नेपाल प्रहरीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई पश्चिम नवलपरासीमा नागरिक सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखका रूपमा कार्यरत रहँदा जिल्लामा शान्तिसुरक्षा र अमनचैन राख्न सफल भएको भन्दै आज बिहान एक समारोहमा ागरिक समाजले उहाँलाई सम्मान गरेको हो । प्रहरी उपरीक्षक भट्ट पश्चिम नवलपरासी प्रहरी प्रमुखका रूपमा एक वर्ष एक महीनाको कार्यकालपश्चात् प्रहरी प्रधान कार्यालय...
-
२०७६ जेठ १७, शुक्रबार
धनुष आकारमा गाउँपालिका भवन बन्दै
झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ । जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो । स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रु तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो । हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले...
-
२०७६ जेठ १७, शुक्रबार
सुत्केरीलाई भत्ता
तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको...
-
२०७६ जेठ १७, शुक्रबार
कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक
रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । उहाँको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो । “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि...
-
२०७६ जेठ १७, शुक्रबार
सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक उपप्रधानमन्त्री यादव
पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् । सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५...
-
२०७६ जेठ १७, शुक्रबार
नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले...
-
२०७६ जेठ १७, शुक्रबार
प्रदेश ५ मा १८५ औलो रोगी भेटिए
प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो मलेरिया रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने...
-
२०७६ जेठ १७, शुक्रबार
४० नयाँ गन्तव्यको खोजी ः पर्यटनमन्त्री लम्साल
गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिनुभयो । आज...
-
२०७६ जेठ १७, शुक्रबार
अपर्याप्त बजेटले निःशुल्क र अनिवार्य शिक्षामा चुनौती
शिक्षा क्षेत्रमा कतिपय प्रगतिशील कार्यक्रम समावेश भएपनि लगानीको अपर्याप्तताले निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनमा चुनौती देखिएको छ । शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नेपाल सरकारले पूरा नगरेको भनी शिक्षाका जानकार, शिक्षक समुदाय र नागरिक क्षेत्रबाट टिप्पणी छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कूल बजेटको कम्तीमा २० प्रतिशत वा...
-
२०७६ जेठ १७, शुक्रबार
हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद्...
-
२०७६ जेठ १७, शुक्रबार
डुबान प्रभावित क्षेत्रको अनुगमन
बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र अनुगमन गरेको छ । नेपालबाट सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी र भारतबाट सिँचाइ विज्ञ केएल दास नेतृत्वको संयुक्त टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुइँया बघौडासम्मको क्षेत्र अनुगमन गरेको हो । टोलीमा सहभागी नरैनापुर गाउँपालिकाका...


