relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १९, आइतबार

    संरक्षण नहुँदा सङ्कटमा पर्दै छतिवन ताल

    सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।  डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन सङ्कटमा...

  • २०७६ जेठ १९, आइतबार

    अनुदान दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी

    कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो । सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न...

  • २०७६ जेठ १९, आइतबार

    सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको  १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर...

  • २०७६ जेठ १९, आइतबार

    इटाहा क्षेत्र पर्यटकको पखाइमा

    चराहरुको चिरबिर आवाजसँगै जङ्गली जनावर नजीकैबाट अवलोकन गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । दोदा नदीको हरियो फाँटले आगन्तुकलाई यस्तै आनन्द दिन्छ ।  तीनतर्फ घना जङ्गलले घेरिएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ को सीमा क्षेत्रमा पर्ने इटाहा क्षेत्रको अवलोकन गर्नेले यसको ऐतिहासिकतासँगसँगै मनोरम दृश्यको स्वाद लिन पाउँछन् । मानव कोलाहलबाट टाढा एकान्तमा रम्नेहरुका लागि इटाहा...

  • २०७६ जेठ १७, शुक्रबार

    बजेट ः ‘दलितमैत्री भएन’

    आर्थिक वर्ष २०७६÷७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ ले संविधानमा उल्लेख हकअनुसार दलित समुदायलाई समेट्न नसकेको उनीहरुको टिप्पणी छ ।    संविधानको मौलिक हकमा सुनिश्चित गरिएको दलितका लागि शिक्षा, स्वास्थ्य, भूमि, आवास र परम्परागत सीप...

  • २०७६ जेठ १७, शुक्रबार

    प्रहरी उपरीक्षक भट्टलाई नागरिक सम्मान

    नेपाल प्रहरीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई पश्चिम नवलपरासीमा नागरिक सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखका रूपमा कार्यरत रहँदा जिल्लामा शान्तिसुरक्षा र अमनचैन राख्न सफल भएको भन्दै आज बिहान एक समारोहमा ागरिक समाजले उहाँलाई सम्मान गरेको हो । प्रहरी उपरीक्षक भट्ट पश्चिम नवलपरासी प्रहरी प्रमुखका रूपमा एक वर्ष एक महीनाको कार्यकालपश्चात् प्रहरी प्रधान कार्यालय...

  • २०७६ जेठ १७, शुक्रबार

    खोटाङमा साकेलाको रौनक

    किरात समुदायको महान् चाड साकेला उभौली का अवसरमा अहिले खोटाङमा वेग्लै रौनक छाएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महीना दिनसम्म मनाउने पर्व हो साकेला उभौली ।् साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा...

  • २०७६ जेठ १७, शुक्रबार

    गाडी खरीदमा रु साढे तीन करोड खर्च

    दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।    खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य...

  • २०७६ जेठ १७, शुक्रबार

    कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक

    रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । उहाँको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो । “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि...

  • २०७६ जेठ १७, शुक्रबार

    सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक उपप्रधानमन्त्री यादव

    पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् । सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५...

  • २०७६ जेठ १७, शुक्रबार

    धनुष आकारमा गाउँपालिका भवन बन्दै

    झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ ।  जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो । स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रु तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो ।  हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले...

  • २०७६ जेठ १७, शुक्रबार

    सुत्केरीलाई भत्ता

    तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको...

Pages