relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १७, शुक्रबार

    प्रदेश ५ मा १८५ औलो रोगी भेटिए

    प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो मलेरिया रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने...

  • २०७६ जेठ १७, शुक्रबार

    ४० नयाँ गन्तव्यको खोजी ः पर्यटनमन्त्री लम्साल

    गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिनुभयो । आज...

  • २०७६ जेठ १७, शुक्रबार

    नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

    प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले...

  • २०७६ जेठ १७, शुक्रबार

    हावाहुरीसहित वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद्...

  • २०७६ जेठ १७, शुक्रबार

    डुबान प्रभावित क्षेत्रको अनुगमन

    बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र अनुगमन गरेको छ ।  नेपालबाट सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी र भारतबाट सिँचाइ विज्ञ केएल दास नेतृत्वको संयुक्त टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुइँया बघौडासम्मको क्षेत्र अनुगमन गरेको हो । टोलीमा सहभागी नरैनापुर गाउँपालिकाका...

  • २०७६ जेठ १७, शुक्रबार

    अपर्याप्त बजेटले निःशुल्क र अनिवार्य शिक्षामा चुनौती

    शिक्षा क्षेत्रमा कतिपय प्रगतिशील कार्यक्रम समावेश भएपनि लगानीको अपर्याप्तताले निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनमा चुनौती देखिएको छ ।  शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नेपाल सरकारले पूरा नगरेको भनी शिक्षाका जानकार, शिक्षक समुदाय र नागरिक क्षेत्रबाट टिप्पणी छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कूल बजेटको कम्तीमा २० प्रतिशत वा...

  • २०७६ जेठ १७, शुक्रबार

    विद्यालय र स्वास्थ्यचौकी निर्माण शुरु

    भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा रु एक अर्बभन्दा बढीको लागतमा छ सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण शुरु भएको छ । युएसआइडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ । मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा...

  • २०७६ जेठ १७, शुक्रबार

    टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित

    फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ । पाँच दिनको खेल सकिँदा पुरुषतर्फ नोभाक जोकोभिक तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएका खेलमा साल्भाटोर कारुसो, जा–लेनार्ड स्ट्रफ, बोर्ना कोरिक, फाबियो फोगनिनी, रोबर्टो बाउटिस्टा, डुसान लोजोभिक लगायतका खेलाडी विजयी भएका छन् । चार वर्षपछि पहिलो पटक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश...

  • २०७६ जेठ १७, शुक्रबार

    मिडिया ल्याब बनाइने

    भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको अध्ययनलाई गुणस्तरीय बनाउन रेडियो र टेलिभिजनको आधुनिक प्रयोगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । क्याम्पस प्रमुख मणिराज महतोका अनुसार प्रदेश नं ३ सरकारको सहयोगमा प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न बोलपत्र आह्वान गरिएको छ । क्याम्पसले रु २४ लाख नौ हजार मूल्य बराबरका उपकरण खरीदका लागि बोलपत्र आह्वान गरेको...

  • २०७६ जेठ १६, बिहिबार

    निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

    नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद छैटौँ संशोधन नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागार्इंले राससलाई जानकारी दिनुभयो । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीले आ–...

  • २०७६ जेठ १६, बिहिबार

    पाइप खरीदपछि अलमलमा खानेपानी आयोजना

    राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३÷७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो । पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताउनुभयो...

  • २०७६ जेठ १६, बिहिबार

    नेपाली भएर सगरमाथा चढेका छैनाँैभन्दा मुटुमा बिज्थ्यो ः आरोही श्रेष्ठ

    २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ रु” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ रु” अमेरिकामा बस्दा...

Pages