राष्ट्रिय
-
२०७६ जेठ १२, आइतबार
विकास सम्भव नभएपछि चेपाङबस्ती स्थानान्तरण तयारी
दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि बस्ती नै स्थानान्तरणको तयारी गरिएको छ । खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेका चेपाङ समुदायले वषैँदेखि विकासका लागि याचना गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसकेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएकोे जिल्ला समन्वय...
-
२०७६ जेठ १२, आइतबार
स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन
विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी...
-
२०७६ जेठ १२, आइतबार
भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु
भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य शुरु भएको छ । जापानी सहयोग नियोग जाइकाको रु आठ करोड ९२ लाखको आर्थिक सहयोगमा शुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको...
-
२०७६ जेठ १२, आइतबार
शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण
युवालाई स्वरोगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो । व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा...
-
२०७६ जेठ १०, शुक्रबार
कर्मचारी काममा फर्के
कर्मचारीलाई हातपा गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् । कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादवलगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् । सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने...
-
२०७६ जेठ १०, शुक्रबार
चितवन महोत्सवको नाफा क्रिकेट रङ्गशालालाई
चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज यहाँ खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न...
-
२०७६ जेठ १०, शुक्रबार
पाल्पालीको मौरी मोह
पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो । विभिन्न स्थानीय तहले अनुदानमा मौरीको घार वितरण गर्ने भएका कारणमा पनि यसमा कृषकको आकर्षण बढेको छ । निस्दी गाउँपालिकाले अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् । कृषि शाखा संयोजक नवराज घिमिरेले कृषकलाई...
-
२०७६ जेठ १०, शुक्रबार
रित्तिए गाउँ, सुनसान विद्यालय
केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच...
-
२०७६ जेठ १०, शुक्रबार
गाडी किन्न मै सकियो ११ करोड
जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । यो गाउँपालिकाले दीपायल सिलगढी नगरपालिका भन्दा रु १ करोड ६० लाख ६८ हजार १६३ रुपैयाँ बढी खर्च...
-
२०७६ जेठ १०, शुक्रबार
‘दफ्टर क्लब’ भवन शिलान्यास
काठमाडौँ महानगरपालिका–२३ दफ्टर टोलमा ‘दफ्टर क्लब’ भवन निर्माणको शिलान्यास गरिएको छ । काठमाडौँ क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको उक्त दुईतले भवन चालू आवभित्र तयार गरिनेछ । भवन रु २० लाखको लागतमा ज्येष्ठ नागरिकमैत्री भवन निर्माण गरिनेछ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवनको शिलान्यास गर्दै क्लब भवन सबैको साझा स्थल भएको हँुदा सामाजिक...
-
२०७६ जेठ १०, शुक्रबार
कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान
विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा...
-
२०७६ जेठ १०, शुक्रबार
निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद
बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले उचित भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रका अगुवा र विज्ञको विश्वास छ । संसद्मा प्रस्तुत हुनुपूर्व विधेयकबारे यस क्षेत्रमा भएको...


