राष्ट्रिय
-
२०७६ जेठ १०, शुक्रबार
गलत सूचनाले विदेशी पर्यटक समस्यामा
अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र...
-
२०७६ जेठ १०, शुक्रबार
नेपाल–भारत मैत्री समाजद्वारा सामग्री वितरण
नेपाल–भारत मैत्री समाजले आज पोखराको लेखनाथस्थित भण्डारढिकमा युवा क्लबलाई खेल सामग्री र आमा समूहलाई सिलाइ मेसिन, पाल र खानेपानीको ट्याङ्की प्रदान गरेको छ । सो अवसरमा छ वटा युवा क्लबलाई नौ थान भलिबल, २० थान फुटबल र दुई थान बास्केटबल प्रदान गरिएको छ भने अर्घौं तमु समाजलाई दुई थान पाल, एक हजार लिटरको खानेपानी ट्याङ्की र सात वटा आमा समूहलाई १८ वटा सिलाइ मेसिन वितरण गरिएको हो । नेपाल–भारत मैत्री...
-
२०७६ जेठ १०, शुक्रबार
उत्पादनका आधारमा अनुदान दिन निर्देशन
गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको उपस्थितिमा उक्त समितिले कृषि मन्त्रालयको अहिलेको अनुदान दिने प्रक्रिया वितरणमुखी भएकाले यसलाई रोक्न मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले काम, क्षमता र उत्पादनका आधारमा प्रतिफल दिने गरी मात्र सरकारले अनुदान...
-
२०७६ जेठ १०, शुक्रबार
जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु
जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ...
-
२०७६ जेठ १०, शुक्रबार
ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो...
-
२०७६ जेठ १०, शुक्रबार
बसपार्क नहुँदा समस्या
सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला...
-
२०७६ जेठ १०, शुक्रबार
जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए
इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मि उचाइ को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने सन्देश संसारलाई दिएको छ । सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले...
-
२०७६ जेठ ९, बिहिबार
अध्यक्ष रेग्मी धरौटीमा रिहा
उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी...
-
२०७६ जेठ ९, बिहिबार
टिपरको ठक्करबाट मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य...
-
२०७६ जेठ ९, बिहिबार
अँध्यारोमा बुधसिंह गाउँ
नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ । दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताउनुभयो । विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराए पनि सो कार्यालयले गुनासोलाई बेवस्ता गरेको उहाँको भनाइ रहेको छ । अध्यक्ष...
-
२०७६ जेठ ९, बिहिबार
सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु
सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो । यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको...
-
२०७६ जेठ ९, बिहिबार
तालपोखरामा डुङ्गा बन्द
एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले...


