राष्ट्रिय
-
२०७६ जेठ २, बिहिबार
कचनकवलको काँचुली फेर्ने गुरुयोजना
सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान कचनकवल प्राय सुनसान जस्तै देखिन्छ । झापाको दक्षिणी कचनकवल गाउँपालिका–४ मा साढे चार बिघा क्षेत्रफलमा फैलिएको सो क्षेक्रमा २०४४...
-
२०७६ जेठ २, बिहिबार
पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा
छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको...
-
२०७६ जेठ २, बिहिबार
मेघ गर्जनसहित क्षणिक वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताउनुभयो । शनिबार फेरि पश्चिमी...
-
२०७६ जेठ २, बिहिबार
देवघाट क्षेत्र विकास समितिद्वारा रु १० करोड माग
देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै...
-
२०७६ जेठ २, बिहिबार
बेइजिङमा नेपाली मण्डपको आकर्षण
चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १५ गते उक्त मण्डप उद्घाटन गर्नुभएको थियो । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने नाराकासाथ...
-
२०७६ बैशाख ३०, सोमबार
चियाखेती सिक्न पाखा पाखामा किसान
गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् । केही दिन...
-
२०७६ बैशाख ३०, सोमबार
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ ः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने...
-
२०७६ बैशाख ३०, सोमबार
उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने
काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर...
-
२०७६ बैशाख ३०, सोमबार
अण्डाको मूल्य बढ्यो
अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी...
-
२०७६ बैशाख ३०, सोमबार
बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास
सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री...
-
२०७६ बैशाख ३०, सोमबार
बुद्धदर्शनको सार ः चतुर्आर्यसत्य
‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ पढाएको छ । मानिसलाई नैतिकवान् बन्न सजिलो छैन । त्यसका लागि पञ्चशीलको पालना गर्नुपर्छ । पञ्चशील नैतिकता सिकाउने बुद्धको सबैभन्दा उत्तम शिक्षा हो ।...
-
२०७६ बैशाख ३०, सोमबार
सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण
नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण...


