relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ३, शुक्रबार

    उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

    महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको...

  • २०७६ जेठ ३, शुक्रबार

    कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन आश्रितको महत्वपूर्ण भूमिका ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउन्भुएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थापना दिवस तथा मदन आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उहाँले...

  • २०७६ जेठ ३, शुक्रबार

    विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैनः परराष्ट्रमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ ।  सो सन्दर्भमा रासस प्रतिनिधि दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण ः सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए रु यो...

  • २०७६ जेठ ३, शुक्रबार

    जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा

    आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर...

  • २०७६ जेठ ३, शुक्रबार

    साँखु बज्रयोगिनीमा वाग्मती तीर्थयात्रा समूह

    ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान शुरु भएको यात्रा बूढानीलकण्ठलगायत सात तीर्थ पार गर्दै साँखु बज्रयोगिनी पुगेको हो ।  यसक्रममा पर्ने सात तीर्थमा स्नान, पूजा र दर्शन गरियो । तीर्थमा यज्ञसहित सात पार्थिव...

  • २०७६ जेठ ३, शुक्रबार

    आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

    माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ घुम्न र रमाउन आउन थालेका हुन् । चितवनको सौराहा, मकवानपुरको दामन पालुङ्ग,...

  • २०७६ जेठ ३, शुक्रबार

    धनगढी विमानस्थलको अनुगमन

    स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् । सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम...

  • २०७६ जेठ २, बिहिबार

    पर्यटन क्षेत्रको सुरक्षा आवश्यक

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज...

  • २०७६ जेठ २, बिहिबार

    पुरातत्व विभागलाई महानगरको पत्राचार

    काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ । कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो । वडा नं १५ का वडाध्यक्ष एवं कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोलका अनुसार...

  • २०७६ जेठ २, बिहिबार

    गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

    दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो । सदरमुकाम सिमकोटबाट एक दिनको पैदल लाग्ने नाम्खा गाउँपालिकाको याल्वाङमा एकीकृत घुम्ती...

  • २०७६ जेठ २, बिहिबार

    समृद्धिका लागि कला, साहित्य बलशाली ः उप्रधानमन्त्री

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि...

  • २०७६ जेठ २, बिहिबार

    विश्वमै दुर्लभ चिरकालिज संरक्षणका लागि पहल शुरु

    पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वातारणमन्क्री शत्तिबहादुर बस्नेतको निर्देशनमा चिरकालिजलगायतका जङ्गली जनावरको संरक्षणका लागि चासो बढेको हो । कालिज साविकका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे,...

Pages