राष्ट्रिय
-
२०७६ बैशाख १२, बिहिबार
एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु
झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिनुभयो । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक÷एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाउनुपरेको हो । हाल झापामा ६१६ एचआइभी सङ्क्रमितले सरकारका...
-
२०७६ बैशाख १२, बिहिबार
निजी आवास र विद्यालय आधा बनेः कामदार अभाव
धादिङ जिल्ला केन्द्रविन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएपछि मानिस भागाभाग भयो । एकाबिहानै भूकम्पले हल्लाएपछि घरबाट मानिस भागाभाग गरेर बाहिर निस्किएका थिए । बिहान काठमाडौंँ र आसपासका क्षेत्रमा हलचल ल्याउने गरी धादिङको नौबीसे केन्द्र भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधारण त्रसित हुन पुगे । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ५।२ रेक्टर तथा ६ बजेर ४०...
-
२०७६ बैशाख १२, बिहिबार
ग्रामीण भेगमा पाठेघर समस्या
पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा...
-
२०७६ बैशाख १२, बिहिबार
दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण
वालिङ नगरपालिका–२ का दलित तथा विपन्न समुदायलाई लक्ष गरी बाख्रा वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ–२ का तीलडाँडा, छप्राक र धौखोलाका बासिन्दालाई बुधबार ४८ बाख्रा वितरण गरिएको हो । “उक्त कार्यक्रमअन्तर्गत नै हालसम्म ७८ बाख्रा र ३५ बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, वडाध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो, “चालू आर्थिक वर्षभित्र २२७ घरधनीलाई एक÷एक वटाका दरले बाख्रा वा बङ्गुर...
-
२०७६ बैशाख १२, बिहिबार
पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल
विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको व्यवहारका बारेमा रेडियो...
-
२०७६ बैशाख १२, बिहिबार
रभुँवाघाटका माझी समुदायको जीवनशैली फेरिँदै
दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ । सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ बैशाख १२, बिहिबार
महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिनुभयो । “...
-
२०७६ बैशाख १२, बिहिबार
अल्लोको कपडा उत्पादन गरिने
सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् । अल्लोबाट कपडा बनाउने सम्बन्धी एक महिने तालीम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् । फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि स्थानीयवासीले त्यसबाट कपडा बुन्ने व्यवसाय सञ्चालन गर्न अग्रसर भएका...
-
२०७६ बैशाख १२, बिहिबार
प्रतिभा देखाउन अर्थ सङ्कट
आफूभित्र रहेको अद्भुत क्षमता १०१ राष्ट्रमा चिनाउने लक्ष्य साँधेर विश्वकीर्तिमानी लेखन यात्रामा निस्कनु भएका बैतडीका मनोज चन्द यतिबेला अर्थ अभावले थला पर्नुभएको छ । बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज शरीरका सात वटा अङ्गको सहारामा कलम चलाउनुहुन्छ । “हात, खुट्टा, कुहिना र मुखले एकसाथ ६ वटा कलम चलाउँछु तीन÷तीन कलम त्यो पनि दुई हात”, २५ मुलुकको यात्रा सकेर हालै धनगढी सुदूरपश्चिम पुग्नुभएका...
-
२०७६ बैशाख १२, बिहिबार
शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई नदिने – गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।” गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि...
-
२०७६ बैशाख १२, बिहिबार
खोजमूलक समाचारमा ध्यान दिन निर्देशन
राष्ट्रिय समाचार समिति रासस का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको लहानस्थित रासस कार्यालयको निरीक्षण गरेको छ । प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रम सकिएर राजधानी फर्किने क्रममा आज लहानस्थित कार्यालयको निरीक्षण गर्दै अध्यक्ष अधिकारीले कार्यालय व्यवस्थापनसँगै खोजमूलक समाचारमा बढी ध्यान केन्द्रित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । टोलीमा राससका जिल्ला समाचारदाता संयोजक प्रकाश...
-
२०७६ बैशाख १२, बिहिबार
पर्यटनसँग जोडिँदै मह शिकार
परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ । मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम...


