STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १०, मंगलबार

    आफ्नो तलबभत्ता शैक्षिक विकासमा खर्च

    गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गर्नुभएको छ । वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गर्नुभएको हो । वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक...

  • २०७६ बैशाख १०, मंगलबार

    शिविर पुगेपछि स्थानीयवासीमा खुशी

    गुल्मीको सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना, लिम्घेली युवा क्लबको सह–आयोजना र सत्यवती गाउँपालिका तथा युवा समाजसेवी हुमबहादुर पल्लीको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जना पुरुष र १८६ जना महिला गरी २४४ जनाले सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे ५९ जनाले, इसिजी २० जनाले र ल्याब सेवा ३३ जनाले लिएको...

  • २०७६ बैशाख १०, मंगलबार

    ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

    ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो ।     प्रतियोगिताका सबै खेल...

  • २०७६ बैशाख १०, मंगलबार

    छाडा चौपायाले किसानलाई सास्ती

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् ।  पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेतजस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् । “अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई दिपायलबाट अर्कै ठाउँमा धपाउनु प¥यो”, स्थानीयवासी भन्छन् ।  पछिल्लो समय छाडा चौपायाका कारण सार्वजनिक यातायात सञ्चालनमा...

  • २०७६ बैशाख १०, मंगलबार

    नमूना शहर बनाउन डिपिआर शुरु

    दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली...

  • २०७६ बैशाख १०, मंगलबार

    ‘परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने’

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर...

  • २०७६ बैशाख १०, मंगलबार

    रासस समाचार प्रभाव चिकित्सक आवास निर्माण हुने

    धवलागिरि अञ्चल अस्पतालमा सेवारत चिकित्सकहरु आवास अभावका कारण होटलमा बस्नुपर्ने बाध्यता उल्लेख गर्दै राष्ट्रिय समाचार समितिमा गत चैत ६ गते प्रकाशित ‘होटलमा बस्छन् अस्पतालका डाक्टर’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएलगत्तै गण्डकी प्रदेश सरकारले चिकित्सक आवास निर्माणमा गरिदिने भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चिकित्सक होटलमा बसेर सेवा प्रदान गरेको समाचारप्रति गम्भीर...

  • २०७६ बैशाख १०, मंगलबार

    कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

    कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको नौ महीनाको अवधिमा यस मन्त्रालयले ५।३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, पुल, खानेपानीका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट...

  • २०७६ बैशाख १०, मंगलबार

    जलबीरे झरनामा पर्यटक बढे

    चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ थियो । नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५४३ पर्यटक...

  • २०७६ बैशाख १०, मंगलबार

    संसदीय टोलीद्वारा गुठी समस्याको अध्ययन

    गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको बारेमा जानकारी लिएको हो । विसं १८६३ मा मुक्तिनाथ भ्रमणमा जाने क्रममा तत्कालीन बडामहारानी सुवर्णप्रभादेवी शाहले...

  • २०७६ बैशाख १०, मंगलबार

    समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।    “हामी आज राष्ट्र निर्माणको एउटा...

  • २०७६ बैशाख १०, मंगलबार

    नेपालीस्याट–१ ः डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

    नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।  यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे ९प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

Pages