राष्ट्रिय
-
२०७६ बैशाख १०, मंगलबार
सेनाले छोड्यो १८ वर्षपछि कोल्टी
नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो । ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो । ...
-
२०७६ बैशाख १०, मंगलबार
अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था
मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार चरा मार्ने समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् । चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्जको वडा नं १२ चिडिमार समुदायको पुरानो थातथलो हो । करीब १५ सयको सङ्ख्यामा यो समुदाय...
-
२०७६ बैशाख १०, मंगलबार
पर्वतका आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र
बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला...
-
२०७६ बैशाख १०, मंगलबार
पम्परागत कर्णालीको हुड्के नाच हराउँदै
जुम्ला जिल्लाको पम्परागत हुड्के नाच हराउँदै गएको छ । जुम्लालगायत अन्य जिल्लामा पनि विवाह, व्रतबन्धलगायत समारोहमा पञ्चैबाजासँगै हुड्के नाच पनि निकै प्रचलनमा थियो । पछिल्लो समय यस्ता कार्यक्रममा पञ्चैबाजासँगै हुड्के नाचको माग हुन छाडेकाले लोप हुने अवस्थामा पुगेको हो । बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत सङ्गीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा हराउन थालेका हुन् । केही वर्ष...
-
२०७६ बैशाख १०, मंगलबार
चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने
चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ एक क्षेत्र एक मार्ग मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त मञ्चका साथै तीन प्रमुख कार्यक्रममा भाग लिन चीनको राजकीय भ्रमणका...
-
२०७६ बैशाख १०, मंगलबार
विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही...
-
२०७६ बैशाख १०, मंगलबार
एउटै सडकमा तीन सरकारको लगानी
एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन...
-
२०७६ बैशाख १०, मंगलबार
पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...
-
२०७६ बैशाख १०, मंगलबार
शीतभण्डार स्थापना
समग्र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार स्थापना गर्ने कामको शुरुआत भएको छ । स्थानीय तहको २५ प्रतिशत रु एक करोड २५ लाख र बाँकी ७५ प्रतिशत रकम प्रदेश सरकारको लगानीमा शीतभण्डार स्थापनाका लागि काम अघि बढाइएको हो । पाँच सय मेट्रिकटन क्षमताको बन्ने शीतभण्डार निमार्णका लागि कूल एक बिघा १७ कठ्ठा क्षेत्रफल जग्गा गाउँपालिकाले व्यवस्थापना...
-
२०७६ बैशाख १०, मंगलबार
घरजग्गा व्यवसाय गणना हुँदै
केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ । प्रचलित कानूनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ । यस व्यवसायले सिर्जना गरेको रोजगारी, कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानले राष्ट्रिय...
-
२०७६ बैशाख १०, मंगलबार
गहुँ उत्पादनमा कमि
महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन निकै घटेको छ । बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा कमि आएको हो । जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिकटन उत्पादन हुने लक्ष राखिएको थियो । तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिकटन मात्र उत्पादन हुने...
-
२०७६ बैशाख १०, मंगलबार
विद्युत् सेवा नियमित गर्न माग
दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिएका छन् । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको पटकपटकको लापरवाहीका कारण आम गुल्मेली जनता विद्युत् उपभोगबाट वञ्चित बनेको र लोडसेडिङको मार खेप्नुपरेको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र...


