राष्ट्रिय
-
२०७५ चैत्र २५, सोमबार
पोखराबाट भ्रमणवर्षको शुरुआत गरिने
सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमणवर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता...
-
२०७५ चैत्र २५, सोमबार
असिनाले अन्नबाली नष्ट
म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुयाएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती...
-
२०७५ चैत्र २५, सोमबार
बीस वर्षमुनिका चार सय किशोरी गर्भवति
तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् । यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण...
-
२०७५ चैत्र २५, सोमबार
खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक...
-
२०७५ चैत्र २५, सोमबार
दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण
दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो । नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो...
-
२०७५ चैत्र २५, सोमबार
मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा,...
-
२०७५ चैत्र २५, सोमबार
मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सोमबार धनगढीमा सिकलसेल एनिमिया बिरामीका लागि बनाइएको नीतिलाई सुधार गरी सरकारी अस्पतालबाट आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै विकास र सामाजिक परिवर्तनका लागि सञ्चार संस्थाका कार्यक्रम संयोजक ओम जोशी ।
-
२०७५ चैत्र २५, सोमबार
निःशुल्क आँखा शल्यक्रिया शिविर
दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को...
-
२०७५ चैत्र २५, सोमबार
अपाङ्गतामैत्री कानून बनाइने
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध...
-
२०७५ चैत्र २२, शुक्रबार
हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग
हरवाचरवा परिवारकायी महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिड्म फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका– २, ३ र ५ का ११ हरवाचरवा परिवारलाई रु पाँच हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरिएको हो । शम्भुनाथ नगरपालिका– २...
-
२०७५ चैत्र २२, शुक्रबार
घोडेजात्रा
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन...
-
२०७५ चैत्र २२, शुक्रबार
राहत वितरणमा एकद्वार प्रणाली लागू
हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई...


