STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २२, शुक्रबार

    विक्रमबाबा मेला शुरु

    चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा विक्रमबाबा मेला शुरु भएको छ । रुखमुनि हरेक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । स्थानीय केरुङ्गा र पटिहानी मध्यवर्ती सामुदायिक वनले मेलाको व्यवस्थापन गर्ने गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक रामप्रसाद चालिसेका अनुसार आजबाट आगामी वैशाख ६ गतेसम्म मेला लाग्ने छ । मेलामा आउनेका लागि शौचालय, खानेपानी, पार्कीङ्, सडक मर्मतसम्भार एवं व्यवस्थापन गरिएको छ ।...

  • २०७५ चैत्र २२, शुक्रबार

    धोबिखोलामा पुलको शिलान्यास

    काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको शिलान्यास गरिएको छ । आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले पुलको शिलान्यास गर्नुभएको हो । चाबहिल गोपिकृष्ण हल नजिकैको पुलमा सवारी साधनको चाप बढेपछि सजिलै सवारी पास गराउन वैकल्पिक मार्गका रूपमा धोबिखोलामा पुलःनिर्माण गर्न लागिएको प्रदेशसभा सदस्य नारायण सिलवालले जानकारी दिनुभयो । बीस मिटर लम्बाइको हुने उक्त...

  • २०७५ चैत्र २२, शुक्रबार

    गोदावरी सडक निर्माण अघि बढेन

    निर्माण शुरु भएको डेढ वर्षमा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण १० प्रतिशत मात्रै सकिएको छ ।  स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वोच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो...

  • २०७५ चैत्र २२, शुक्रबार

       हावाहुरी पीडितलाई एक करोड सहयोग 

    बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।    प्रदेश नं–१  मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।      जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ ।  बैठकले...

  • २०७५ चैत्र २२, शुक्रबार

    त्रिशूली थ्री ‘बी’को बाँध

    ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो सेयर जारी गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको नुवाकोट किस्पाङ गाँउपालिका–५ स्थित बाँधस्थल । बाँध रु आठ अर्ब २२ करोड ७४ लाख लगानीमा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको थ्री ‘बी’ वि सं २०७८ फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

  • २०७५ चैत्र २२, शुक्रबार

    नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

    भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत...

  • २०७५ चैत्र २२, शुक्रबार

    लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान 

    वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ । डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर...

  • २०७५ चैत्र २२, शुक्रबार

    मौसम बदलीसँगै वर्षा

    देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको...

  • २०७५ चैत्र २२, शुक्रबार

    फोटो प्रदर्शनीमा नेपालका वन्यजन्तु

    नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको ‘ह्यास ट्याग फोटो’ नेपाल प्रदर्शनीमा नेपालका विभिन्न जङ्गली जनाबरका तस्बिर प्रदर्शनी गरिएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रम अन्तर्गत ‘वाइल्डलाइफ’ फोटोग्राफर सागर गिरीले खिच्नुभएका वन्यजन्तुका ३५ फोटो प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो ।  बोर्ड परिसरमा यही चैत २८ सम्म चल्ने प्रदर्शनीका क्रममा वाइल्डलाइफ फोटोग्राफीको...

  • २०७५ चैत्र २२, शुक्रबार

    मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा

    मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले जानकारी दिनुभयो । प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा...

  • २०७५ चैत्र २२, शुक्रबार

    पुनःनिर्माणमा रु सात अर्बभन्दा बढी खर्च

    भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ । भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ रु पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक...

  • २०७५ चैत्र २२, शुक्रबार

    फोहर फाल्नेलाई फोहर ‘उपहार’

    झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल...

Pages