STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २२, शुक्रबार

    राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

    सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत्...

  • २०७५ चैत्र २२, शुक्रबार

    राजश्व सङ्कलनको दायरा बढ्दै

    आन्तरिक राश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ । “चालू आवमा फागुनसम्मको लक्ष्य रु ९६ करोड ९६ लाख राजश्व सङ्कलन भइसकेको छ”, प्रमुख कर अधिकृत लेखनाथ शर्माले...

  • २०७५ चैत्र २२, शुक्रबार

    तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख...

  • २०७५ चैत्र २२, शुक्रबार

    हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग

    हरवाचरवा परिवारकायी महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिड्म फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका– २, ३ र ५ का ११ हरवाचरवा परिवारलाई रु पाँच हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरिएको हो । शम्भुनाथ नगरपालिका– २...

  • २०७५ चैत्र २२, शुक्रबार

     घोडेजात्रा 

    चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।  जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।  यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन...

  • २०७५ चैत्र २१, बिहिबार

    भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

    नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई...

  • २०७५ चैत्र २१, बिहिबार

    बजारमा ‘अत्यन्त खुशीको खबर’

    लेखक उत्तम सेढाईंको‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ । समाजमा भएका विकृति–विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् । सो पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गर्नुभयो । सो अवसरमा नेता केसीले समाज परिवर्तनका निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण देन रहेको उल्लेख गर्दै लेखक...

  • २०७५ चैत्र २१, बिहिबार

     अपाङ्गका लागि विद्युतीय भोटिङ मेशिन

     राष्ट्रिय अपाङ्ग महासङ्घको यही चैत २५ र २६ गते विराटनगरमा हुन गइरहेको आठौँ महाधिवेशनका लागि विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको छ ।    निर्वाचनमा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको महासङ्घका महासचिव राजु बस्नेतले बताउनुभयो । “सबैको निर्वाचनको अधिकार सुनिश्चित गराउने हामीले नयाँ सोच बनाएका हौँ”, बस्नेतले भन्नुभयो । महासङ्घमा हाल ३३१ सदस्य संस्था छन्...

  • २०७५ चैत्र २१, बिहिबार

    चित्रकला प्रदर्शनी

    यही चैत १६ गतेदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको चित्रकार रञ्जु यादवको एकल मिथिला चित्रकला प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । विभिन्न २९ वटा चित्र रहेको उक्त प्रदर्शनी भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।

  • २०७५ चैत्र २१, बिहिबार

    ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

    काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको...

  • २०७५ चैत्र २१, बिहिबार

    साझाले थप २० नयाँ शहरी बस ल्याउँदै

    साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी ९सिटी० बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो ।  साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उहाँले भन्नुभयो, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर...

  • २०७५ चैत्र २१, बिहिबार

    मातृभाषा शिक्षाको विस्तार गरिँदै

    ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र इसिडी मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ । आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सन्तानलाई मातृभाषामा पढाउन अभिभावकको चाहना बढ्दै जाँदा महानगरपालिकाले मातृभाषालाई विस्तार गर्न...

Pages