राष्ट्रिय
-
२०८० श्रावण २, मंगलबार
अब कुकुर पाल्न दर्ता अनिवार्य
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा...
-
२०८० श्रावण १, सोमबार
देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो...
-
२०८० श्रावण १, सोमबार
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात ९च्योङ्हरू० सङ्कलन गरी ल्याउने गर्दछ...
-
२०८० आषाढ ३१, आइतबार
‘इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश
जनकपुरधाम, ३१ असार ९रासस० स् देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन । मधेस इतिहास र राजनीतिका जानकारहरु विगतमा राज्यले नै मधेसलाई अस्वीकार गरेका कारण कुनै आधिकारिक दस्तावेज नभएको बताउँछन् । त्यस्तो बताउनेमध्ये एक...
-
२०८० आषाढ ३१, आइतबार
सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने प्रतिबद्धता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उहाँले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने बताउनुभएको हो । “गृह...
-
२०८० आषाढ २७, बुधबार
छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान
नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति जेडिएस कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२३ र २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन...
-
२०८० आषाढ २२, शुक्रबार
ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्ः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”,...
-
२०८० आषाढ १७, आइतबार
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसद्हरुबाट वित्तीय पहुँचमा सहजा बढाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानुन बनाउन माग गरिएको छ । राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद्हरुले सामान्य किसान र जनतालाई वित्तीय संस्थाबाट बिनाधितो ऋण दिएर मिटर ब्याज...
-
२०८० आषाढ १७, आइतबार
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी...
-
२०८० आषाढ १५, शुक्रबार
पञ्चेबाजासहित महानगरद्वारा रोपाइँ
राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ । पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा...
-
२०८० आषाढ १४, बिहिबार
मनाइयो बकर ईद
काठमाडाैँ - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली...
-
२०८० आषाढ १४, बिहिबार
नमाज पाठ गरी मनाइयो बकर ईद
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी...


