STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० श्रावण २३, मंगलबार

    कैलालीका पाँच सय भन्दा बढी घर डुबानमा

    काठमाडौं- गएराति परेको अविरल वर्षाका कारण कैलालीमा ५ सय भन्दा बढी घर डुबानमा परेका छन् । गएराति चुरेमा परेको अविरल वर्षाका कारण तल्लो तटीय क्षेत्रका कैलालीका जानकी, जोशीपुर, कैलारी गाउँपालिका र भजनी तथा टीकापुर नगरपालिका डुबानमा परेका हुन् । टीकापुर नगरपालिका वडा नम्बर ६ को भर्तापुरमा थरैया नदिमा आएको बाढी पसेको छ । जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया गाउँमा काँडा नदीमा आएको बाढी पसेर करिब २००...

  • २०८० श्रावण २२, सोमबार

    नागढुङ्गा-सिस्नेखोला सुरुङको ‘ब्रेक थ्रू’

    काठमाडौं - नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा...

  • २०८० श्रावण २२, सोमबार

    ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै बेला चार पूर्वमन्त्रीहरुविरुद्ध समेत पक्राउ पुर्जी लिएर अनुसन्धानलाई थप तीव्रता दिएको हो ।उक्त जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान...

  • २०८० श्रावण २२, सोमबार

    आजको मौसमः भारी वर्षाको सम्भावना

    नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र...

  • २०८० श्रावण २१, आइतबार

    प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट

      काठमाडाैँ - प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरे । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ ।  अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित...

  • २०८० श्रावण २१, आइतबार

    समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान

    लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । नगरकोटीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि...

  • २०८० श्रावण १८, बिहिबार

    कारागारका कैदी वन्दीमा ज्वरोको समस्या

    कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो ९भाइरल फिवर० र छालाको  समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।     कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उहाँका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो...

  • २०८० श्रावण १८, बिहिबार

    गणेशबहादुर नगरकोटी लकस नेपाल बर्ष ब्यक्तित्व घोषित

    समुदायबाट समुदायकै हितका लागि अग्रसर संस्था लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाको लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । बुधवार लकस नेपालकै कार्यालयमा १३ औं स्थापना दिवस मनाउन आयोजित समारोहमा उक्त घोषणा गरिएको हो ।   कक्षा चारसम्म मात्र अध्ययन गर्न पाएका, जीवन धान्न मजदुरी पेशा...

  • २०८० श्रावण १४, आइतबार

    नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले...

  • २०८० श्रावण १४, आइतबार

    महिना दिनमै उप्कियो लोकमार्गको कालोपत्र

    काठमाडौं - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे...

  • २०८० श्रावण १४, आइतबार

    आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

    काठमाडौं - अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको...

  • २०८० श्रावण १४, आइतबार

    पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

    काठमाडौं - विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर...

Pages