राष्ट्रिय
-
२०८० भाद्र २, शनिबार
७५ देखि १२५ वर्षमा फेवातालको अस्तित्व मेटिने !
काठमाडौं - फेवा ताललाई पोखराको मुटु मानिन्छ । तर वर्सेनि फेवामा प्राकृतिक तथा मानवीय अतिक्रमण बढ्दो छ । केही अध्ययनले फेवा ताल अहिलेकै गतिमा घट्दै जाने हो भने इतिहासमा फेवा ताल पोखराको भूगोलबाट हराउन समेत सक्ने प्रक्षेपण गरिएका छन् । तर पनि यसलाई संरक्षण गर्नुपर्ने निकायहरु भने मौन छन् । फेवा तालको क्षेत्रफल वर्सेनि घट्दै गइरहेको छ । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको विशाल फेवा ताल अहिले ४...
-
२०८० भाद्र १, शुक्रबार
पोखराका ट्याक्सी मिटरमा चल्न थाले
काठमाडौं - पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।...
-
२०८० भाद्र १, शुक्रबार
तीन हजार मिटरब्याजपीडितले फिर्ता पाए ११९ विघा जग्गा
काठमाडौं - नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा...
-
२०८० भाद्र १, शुक्रबार
हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ...
-
२०८० भाद्र १, शुक्रबार
जार र बोतलकाे पानीमा तोकेभन्दा बढी मूल्य लिए कारबाही
काठमाडौँ - नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । बढी मूल्य लिएकाे पाइएमा कारबाही हुने सङ्घले जनाएकाे छ । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले...
-
२०८० श्रावण ३२, बिहिबार
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
तनहुँ, ३२ साउन : बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर...
-
२०८० श्रावण ३१, बुधबार
खानेपानी सञ्चालनको तयारी
बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताउनुभयो ।प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका...
-
२०८० श्रावण ३०, मंगलबार
ब्रेक सु’ भित्रको सुन गालिँदै
काठमाडौँ, मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात...
-
२०८० श्रावण २९, सोमबार
जनताका कामलाई पहिलो प्राथमिकता दिन्छुः नवनियुक्त मन्त्री अनितादेवी
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताउनुभएको छ ।सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो । मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा...
-
२०८० श्रावण २९, सोमबार
मुस्ताङमा बाढीको वितण्डा : १० घर, प्रहरी चौकी र पुल बगायो
काठमाडौं - मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने...
-
२०८० श्रावण २९, सोमबार
नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए
काठमाडौं - नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको...
-
२०८० श्रावण २६, शुक्रबार
रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो
विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक रुपमा राधाकृष्णको रथयात्रा निकाल्ने परम्परा वर्षौँदेखि चलिआएको छ । रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन् । रथयात्रालाई सहज...


