STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ फाल्गुण ५, शुक्रबार

    महाशिवरात्रि : २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान

    काठमाडाैं - भाेलि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

    काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । “राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा...

  • २०७९ फाल्गुण २, मंगलबार

    आजदेखि लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, कुनमा कति अंक दिइन्छ?

    काठमाडौं- बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन...

  • २०७९ फाल्गुण २, मंगलबार

    यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

    काठमाडाैँ - यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा...

  • २०७९ फाल्गुण १, सोमबार

    जनयुद्ध दिवसलाई कालाे दिनकाे रुपमा लिँदै प्रर्दशन

    काठमाडाैं - सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएकाे विराेधमा द्वन्द्वपीडित र नागरिक समाज प्रदर्शन गरेका छन्  । ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले फागुन १ गतेलाई कालो दिनको रूपमा  लिएका छन् । वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी विरोध भइरहेको छ । सोही...

  • २०७९ फाल्गुण १, सोमबार

    जनयुद्ध दिवसमा दिएकाे सार्वजनिक बिदाको चौतर्फी विरोध

    काठमाडाैं - आज फागुन १ गते ,जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले बिदा दिएको छ ।   माओवादीले ०५२ सालमा आजकै दिन (फागुन १ गते) सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । करिब १० वर्षसम्म चलेको द्वन्द्वमा परी सरकार र माओवादी पक्षबाट गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक बिदा दिएपनि...

  • २०७९ माघ २९, आइतबार

    सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं - सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि...

  • २०७९ माघ २५, बुधबार

    सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने

    सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने भएको छ ।  नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराए अनुसार प्रधानकै संयोजकत्वमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म गरेर जम्मा ५ दिन उक्त महोत्सव हुन लागेको हो । सांस्कृतिक तथा पर्यटन महोत्सव २०७९ नाम दिइएको यो महोत्सव...

  • २०७९ माघ २४, मंगलबार

    शाखा अधिकृतका सबै परीक्षा स्थगित

    काठमाडाैँ - यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका सबै परीक्षा स्थगित भएको छ । लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत...

  • २०७९ माघ १९, बिहिबार

    कालिगण्डकी शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण

    काठमाडौं - भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ। बिहिबार अयोध्यामा आयोजित भव्य समारोहका बीच पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला...

  • २०७९ माघ १९, बिहिबार

    आज विश्व सिमसार दिवस मनाइँदै

    काठमाडौं - आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत...

  • २०७९ माघ १८, बुधबार

    पिपरा सडकलाई महात्मा गान्धी नाम नदिन स्थानीयको विरोध

    काठमाडौं- स्थानीयको व्यापक विरोधपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडको नामाकरण तथा अनावरण कार्यक्रम स्थगित भएको छ । वीरगञ्ज महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी पथ नामाकरण गर्नका लागेकोमा सर्वत्र विरोध भएपछि बिहीबार हुने उद्घाटन कार्यक्रम स्थगित भएको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रम स्थगीत भएको जानकारी गराएको हो...

Pages