सिनेमा
-
२०८१ चैत्र १, शुक्रबार
सरोज खनालसंग नेवाः स्टार आराध्यलक्ष्मी खड्गी
नेपालभाषाको चलचित्र तथा म्युजिक भिडियो क्षेत्र कि चर्चित अभिनेत्री , मोडल आराध्य लक्ष्मी खड्गी को नेपाली चलचित्र "आमा आज पनि रुन्छिन् ” को सुभ साइत शुक्रबार छ। शुक्रबार विहान सम्पन्न भएको सामाजिक कथावस्तुमा आधारित चलचित्र “आमा आज पनि रुन्छिन्” संसार भरीका सम्पूर्ण आमाहरूमा समर्पित गरिएको उक्त चलचित्र निर्माता द्वय गीर्वाण विजय खड्का र सेवन्तक खड्काले ए.आर. प्रोडक्सनकाे ब्यानरमा निर्माण गर्न...
-
२०८१ फाल्गुण २८, बुधबार
कलाकार संघले कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने
कलाकार संघले बिभिन्न कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । संघले ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’का साथै बिभिन्न सम्मानहरु प्रदान गर्ने निर्णय गरेको हो । जस अन्र्तगत २०५५ सालमा स्थापना गरिएको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ क्रमश कलाकार मुकुन्द किशोर भट्टराई, लय संग्रौला र पुरण जोशीलाई प्रदान...
-
२०८१ फाल्गुण २७, मंगलबार
नेवाः स्टार आराध्यालक्ष्मी खड्गी अनुबन्धित “आमा आज पनि रुन्छिन्” फिल्मको शुभ साईत चैत्र १ गते
नेपालभाषा चलचित्र, म्यूजिक भिडियो जगतमा लोकप्रिय स्टार कलाकार, निर्देशक, कोरियोग्राफरका साथै डान्सिङ क्वीन नेवाः नायिका आराध्यालक्ष्मी खड्गी अनुबन्धित चलचित्र “आमा आज पनि रुन्छिन्” को शुभ साइत हुनेभएको छ । आउँदो चैत्र १ गते काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानमा विहान ८ बजे उक्त चलचित्रको शुभ साइत कार्यक्रम हुने जानकारी नायिका आराध्यालक्ष्मी खड्गीले दिनुभएको छ । नेपाली चलचित्र जगतका लोकप्रिय...
-
२०८१ फाल्गुण २२, बिहिबार
सात जना महिला चलचित्रकर्मि सम्मान गर्दै महोत्सव भव्य रुपमा सम्पन्न
११५ अौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल सरकार चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहेकी...
-
२०८१ फाल्गुण २०, मंगलबार
‘महिला चलचित्र महोत्सव’ मा " सिन्दुर "
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ भने पहिलो दिन मंगलबार नेपालको पहिलो व्यावसायिक सफल चलचित्र " सिन्दुर " प्रदर्शन गरिएको थियो । प्रकाश थापा निर्देशित " सिन्दुर "को प्रदर्शन संगसंगै सो चलचित्रमा अभिनय गर्ने दुइ कलाकारहरु विश्व बस्नेत र बसुन्धरा...
-
२०८१ फाल्गुण १७, शनिबार
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच द्विपक्षीय सम्झौता
नेपाल सरकार चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक बसन्त कुँवरको समुपस्थीतिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा...
-
२०८१ फाल्गुण १३, मंगलबार
सफलतापूर्वक सम्पन्न भो नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”
कीर्तिपुर/नेपालभाषा चलचित्र जगतको संवर्द्धन, प्रवर्द्धन एवं संरक्षण गर्ने हेतुका साथ सिनेमा हलको बक्स अफिसबाट टिकट खरिद गरी नेपालभाषाका चलचित्रहरु हर्ने प्रवृत्तिको विकास एवं विस्तार गर्ने उद्देश्यका साथ एवं नेपालभाषाका चलचित्रहरु पनि नेपाल चलचित्र विकास बोर्डमा दर्ता गरी प्रदर्शनीमा ल्याउनुपर्ने उद्घोषका साथ गत फागुन ११ गते आइतबार नेवाः फिल्म नेवाः फुड फेस्टिभल कार्यक्रमको आयोजना गरियो ।...
-
२०८१ फाल्गुण १३, मंगलबार
‘लाज शरणम्’ले पायो सेन्सर पास, फागुन १४ गतेबाट प्रदर्शन
काठमाडौं - नेपाली चलचित्र ‘लाज शरणम्’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास पाएको छ । समितिबाट नेपालभर प्रदर्शन गर्न पाउने गरी स्वीकृति पाएको छ । चलचित्रविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले सेन्सर बोर्डबाट सेन्सर पास नभएसम्म प्रचारप्रसार रोक्न भनेको थियो । चलचित्र ‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज मिति लिएको छ । सेन्सर पास भएसँगै चलचित्रलाई प्रदर्शनको बाटो...
-
२०८१ फाल्गुण ९, शुक्रबार
कीर्तिपुर सिनेप्लेक्समा फागुन ११ गते विहान ८ देखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”
उत्कृष्ट पाँच नेपालभाषाका चलचित्रहरु बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनका साथ नेवारी परिकारका स्टलहरु राखिने “नेवाः तजिलजि नेवाः सवाः, स्वयेनु झीसं नेवाः संकिपा” नाराका साथ ने.सं. ११४५ सिल्लागा दशमी (फागुन ११ गते) आइतबार नेपाल कला उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स एवं कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा कीर्तिपुर सिनेप्लेक्स हलमा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड...
-
२०८१ फाल्गुण ८, बिहिबार
‘सेन्सर बोर्ड’ले रोकिदियो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन
काठमाडौं - यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो । सेन्सर रोकिएसँगै आज (बुधबार)लाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ । “केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको...
-
२०८१ फाल्गुण ६, मंगलबार
‘११ः५५’को टिजर सार्वजनिक
काठमाडौं - चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरले कथावस्तु खोल्ने प्रयास गरेको छ । लभ, रोमान्स, धोका र बदला टिजरमा देखिन्छ । चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको...
-
२०८१ फाल्गुण ५, सोमबार
धुलिखेलमा फिल्म स्टुडियो बन्ने
नेपाल सरकार चलचित्र विकास बोर्डको तत्वावधानमा एउटा फिल्म शटिंग स्टुडियो बन्ने भएको छ । सो कार्यका लागि बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा...



