STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७९ श्रावण २१, शनिबार

    नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

    वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ अगाडि बढिरहेको र सदा सकृय भई अगाडि बढीरहने प्रतिबद्धता पोख्नु भयाे । यसैगरी, सोसाइटीको तीन उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण...

  • २०७९ श्रावण २१, शनिबार

    विश्व आदिबासी दिवसको अवसरमा चलचित्र र सांस्कृतिक कार्यक्रम सम्पन्न

    अठ्ठाइसौं विश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिबासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा प्रमूख अतिथीका रुपमा रहनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिबासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ ।  नेपाल पर्यटन...

  • २०७९ श्रावण १९, बिहिबार

    काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण तथा पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन सम्पन्न

    छायाँछबि क्रियसनले आयोजना गरेको छैठौं काठमाण्डौ सर्टफिल्म फेष्टा २०७९ मा हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गर्न सफल भएका छन् ।  मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा सम्पन्न भएको ‘छैठौं काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र...

  • २०७९ श्रावण १९, बिहिबार

    भुवन के.सी.लाई बढाइ थाप्न भ्याइनभ्याइ

    काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई अहिले बढाइ थाप्न भ्याइनभ्याइ भइरहेको अवस्था छ । एकातिर  उनलाई बढाइ थाप्नमा नै  भ्याइनभ्याइ भइरहेको अवस्था छ भने अर्कोतिर चलचित्र संग सम्बन्धित समस्याहरु सुन्दै नै दिन बितिरहेको अवस्था अवस्था छ । यी सब कुरालाई ध्यानमा राखेर अब उनले चलचित्रसंग सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गरी सबैको समस्या माथि मन्थन् गर्ने सोच बनाएका छन् । बढाइ...

  • २०७९ श्रावण १०, मंगलबार

    नग्न तस्वीरका कारण रणवीर सिंहविरुद्ध उजुरी

    एजेन्सी - बलिउड अभिनेता रणवीर सिंहविरुद्ध मुम्बईमा उजुरी परेको छ । बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा आफ्नो नग्न तस्वीरहरूमार्फत् ‘महिलाहरूको भावनामा चोट पुर्‌याएको’ आरोपमा मुम्बई पुलिसमा एफआईआर दर्ता गर्नको लागि उजुरी परेको हो । मुम्बई पुलिस अधिकारीका अनुसार सोमबार मुम्बई पुलिसमा निवेदन दायर गरिएको छ । जानकारी अनुसार उजुरीकर्ता जनता पार्टीका नेता तथा अधिवक्ता अखिलेश चौबे हुन् । उनी एक...

  • २०७९ श्रावण १०, मंगलबार

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौं- सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्। केसी स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी बोर्डको अध्यक्ष हात पार्न कांग्रेस शीर्ष नेताहरूसँग लविङ गर्दै आएका थिए । अवसरकाे खाेजि गर्दै...

  • २०७९ आषाढ ३१, शुक्रबार

    चलचित्रको माध्यमबाट उठाए सीमानामा काँडेतार लगाउनु पर्ने आवाज

    सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र "काँडेतार"का निर्माता एवं नायक नवल खड्काले  नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका खड्का को नयाँ चलचित्र "काँडेतार" अहिले प्रदर्शनका लागि तयार भएको छ । यही चलचित्रको बजार...

  • २०७९ आषाढ २२, बुधबार

    आदिबासी जनजाति चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्ने माग

    आदिबासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले चलचित्र विकास बाेर्डकाे सह आयोजनामा  असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको  समापन कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड...

  • २०७९ आषाढ २०, सोमबार

    आदिबासी चलचित्र प्रबर्द्धन लागि देशब्यापी अभिमुखिकरण साथै बागमती प्रदेश गठन सम्पन्न

    आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन गर्ने उदेश्यले आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा आदिबासी जनजाति चलचित्र अभिमुखीकरण बिषयक देशब्यापी अभियान अन्तरगत छवटा प्रदेश पछी आइतबार बागमती प्रदेशमा पनि भव्य रुपमा  सम्पन्न भएको छ । कार्यक्रम  चलचित्र बिकास बोर्डको सहयोग मा भएको थियो भने कार्यक्रम संयोजक बिकु बहादुर तामाङ  हुनु हुन्छ ।  कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका सम्पुर्ण पदाधिकारीको...

  • २०७९ आषाढ २०, सोमबार

    वेब सिरिजका रुपमा सौभाग्य आउने

    अहिले मनोरन्जन संसारमा वेब सिरिज विश्वव्यापी रुप मै आक्रामक रुपमा लोकप्रिय भईरहेको छ भने नेपालमा पनि यसको लोकप्रियता बढ्दै गइरहेको छ । यसै क्रममा  नेपालभाषाको चलचित्र र संगीत क्षेत्रमा  सकृय  कलाकर्मि स्वतन्त्रसंसार महर्जनको संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपालले "सौभाग्य" नामक एक वेब सिरिज निर्माण गरिरहेको छ ।  प्रेमहा संसार महर्जनको प्रस्तुति का रुपमा तयार भईरहेको यस वेब सिरिजका...

  • २०७९ आषाढ १४, मंगलबार

    चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ

    नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको अधिवेशन गत जेठ २१ गते सम्पन्न भएको थियो । सोही अनुसार  अध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा ...

  • २०७९ आषाढ १३, सोमबार

    चलचित्र विकास बोर्डलाई राज्यले बजेट उपलब्ध गराउनु पर्ने माग

    नेपाल चलचित्र कलाकार संघको आयोजनामा आइतबार नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अबस्था’ विषयक अन्तक्रिया सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौंमा सो अन्तक्रिया सम्पन्न भएको हो । संघका अध्यक्ष रबिन्द्र खडकाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमूख अतिथी बिकाश बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयासरत रहेको...

Pages